‘चुन्ना’ नेतृत्वको समावेशी प्यानलले दर्ता गरायो उम्मेदवारी

  
  प्रकाशित मितिः शनिबार, पुस २६, २०७६       | 314 Views   ||


सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ नेतृत्वको समावेशी प्यानलले उम्मेदवारी दर्ता गराएको छ ।

समावेशी प्यानलको सचिवालय न्यूरोडबाट जुलुससहित बाणिज्य संघको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको हो । जुलुसमा बाणिज्य संघका बर्तमान अध्यक्ष नन्दलाल बैश्य, पूर्व अध्यक्ष तथा बर्तमान केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, पुर्ब अध्यक्ष दामोदर आचार्य लगायतका उद्योगी ब्यवसायी सहभागी थिए ।

सो प्यानलबाट उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल तथा सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाटले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मितिः शनिबार, पुस २६, २०७६     3:40:14 PM  |