सुदूरपश्चिमका पहाडी जिल्लामा निरन्तर हिमपात

२६ पुष २०७६, शनिबार १४:५५
 

सदरलाइनडटकम,
डडेल्धुरा : हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । बढ्दो हिमपातले सडक अवरुद्ध भएपनि सडक सफा गर्ने प्रभावकारी व्यवस्था हुन नसक्दा यात्रुहरु हैरान भएका छन् ।
सुदूरपश्चिमका पहाडी जिल्लालाई जोड्ने मुख्य राजमार्गमध्येको भीमदत्त राजमार्ग पछिल्लो समय हिमपातका कारण लामो समयसम्म अवरुद्ध हुने गरेको छ । राजमार्गका विभिन्न भागमा हिउँ जम्दा र पहिरो झर्दा यातायात सञ्चालनमा जोखिम बढ्दै गएको छ ।
वर्षेनी हिमपात हुने यी राजमार्गमा डोजर तथा स्काइभेटको प्रयोगबाट तत्काल बाटो त खुलाइन्छ तर सफा गर्दा कालोपत्रे नै उप्किने भएकाले सडकको गुणस्तर पनि खस्किँदै गइरहेको छ । भीमदत्त राजमार्गअन्र्तगत गैरा बजारदेखि भात्काँडासम्म, दशरथचन्द राजमार्गको अनारखोली–खोडपे,बझाङ्गको श्रीभावर क्षेत्र, बैतडीको सतबाँझदेखि जिल्ला सदरमुकामसम्मका स्थानमा अत्याधिक हिमपात हुने भए पनि सडक सफा गर्ने एउटा पनि रब्बरको पिष्टनबुली मसिन राखिएको छैन ।
पिष्टनबुली मसिन नहुँदा सडक गुणस्तरमा क्षति पुग्नुका साथै दुर्घटनाको संभावना बढदै गएको छ । हिमपातमा पर्यटक लोभ्याउने भीमदत्त राजमार्गको विभिन्न क्षेत्रमा मेसिनबाट हिउँ सफा गरिदिए अवरुद्ध बाटो छिटो खुल्ने र राजमार्ग व्यवस्थित पनि हुने आन्तरिक पर्यटकको भनाइ छ । हिमपातको बाटो खुलाउन तथा राजमार्गको क्षतिलाई कम गर्न तीन तहका सरकार र अन्य सरोकारवाला निकायले खासै तदारुकताका साथ काम नसकेकोप्रति सर्वत्र गुनासो देखिन्छ ।

Next Post

नौ ग्राम ब्राउन सुगरसहित शाह पक्राउ

२६ पुष २०७६, शनिबार १४:५५
सदरलाइनडटकम, नेपालगञ्ज : सीमापारीको रुपैडिहाबाट प्रतिबनिधत लागू औषध बोकेर आएका बाँके राप्ती सोनारी–९ घर भई हला कोहलपुर–१२ बस्दै आएका २५ वर्षिय रुद्र शाह ९ ग्राम ब्राउन सुगरसहित बाँके प्रहरीको फन्दामा परहेका छन् । उनलाई शनिबार दिउसो साढे २ बजे जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको संयुक्त […]

सम्बन्धित