सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर स्थित जनआस्था बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा विष्णुप्रसाद बेल्वासे निवार्चित भएका छन ।
शुक्रबार कोहलपुरमा सम्पन्न भएको १२ औ वार्षिक साधारर्ण सभाबाट वेल्बासे अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । त्यस्तै सहकारीको उपाध्यक्षमा गीता थारु, सचिवमा तेजु भण्डारी, कोषाध्यक्षमा शिव डांगी, सदस्यहरुमा माया मल्ल, ताराप्रसाद भुषाल, हर्क बहादुर शाही निर्वाचित भएका छन ।
त्यस्तै २ जना सदस्यहरु पछि मनोनति गरिने बताइएको छ । लेखा समितिको संयोजकमा वेगप्रसाद चन्द, सदस्यहरुमा शर्मिला बिक र चम्फा वली निर्वाचित भएका छन ।
