प्रदेशस्तरीय युवा सम्मेलन नेपालगञ्जमा शुरु

२५ पुष २०७६, शुक्रबार १८:३७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रदेशस्तरीय २ दिने युवा सम्मेलन शुक्रवारदेखि नेपालगञ्जमा शुरू भएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले युवाले अरूभन्दा फरक गर्नुपर्नेमा जोड दिए ।
उनले युवाहरूको विकास तथा प्रदेशका युवालाई अगाडि बढाउन प्रदेश सरकार सदैव तत्पर रहेको बताए । त्यसका लागि प्रदेश सरकार विभिन्न उद्यमका लागि बजेट बिनियोजन गरेको जानकारी दिँदै मन्त्री बरालले सम्मेलनमार्फत युवाहरुमा नयाँ सोंचको विकास हुने अपेक्षा लिएको बताए ।
कार्यक्रममा प्रदेश सांसद कृष्ण केसी नमूना, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शम्शेर राणा, बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विश्वकर्मा, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडका, प्रहरी उपरीक्षक वीरबहादुर वली, विभिन्न संघसंस्थाका प्रमुखको उपस्थित रहेको थियो ।
आयोजक नेपाल युवा परिषद् प्रदेश ५ का संयोजक सोम गुरूङका अनुसार सम्मेलनमा १२ वटै जिल्लाका करीब १ सय ५० जना युवाहरूको सहभागिता रहेको छ । ‘उद्यमी युवा समृद्ध देश ः दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने नाराका साथ शुरू भएको सम्मेलनले युवालाई उद्यमका क्षेत्रमा सरकारले प्रभावकारी कदम चाल्ने सन्देश दिंदै समापन हुनेछ ।

Next Post

बाँकेमा सशस्त्रद्वारा थप एक विओपीको स्थापना

२५ पुष २०७६, शुक्रबार १८:३७
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा शुक्रवार थप एउटा विओपी (वोर्डर आउट पोस्ट) स्थापना गरिएको छ । योसंगै जिल्लामा विओपीको संख्या ६ पुगेको छ । सरकारले देशभर १ सय १४ वटा विओपी थप गर्ने निर्णय गरेकोमा बाँकेमा पनि ५ वटा विओपी थपिन लागेका हुन् । यसै क्रममा शुक्रवार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर […]