मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम प्रभावकारी बन्दै

२४ पुष २०७६, बिहीबार १६:२६
 

सदरलाइनडटकम,
दाङ : प्रदेश ५ सरकारले सुरु गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम प्रभावकारी बन्दै गएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय प्रदेश ५ ले सुरु गरेको ग्रामीण विकास कार्यालय गरिबी निवारणका लागि प्रभावकारी बन्दै गएको हो ।
सामाजिक र आर्थिक सुचकका आधारमा पछाडि पारिएको समुदायलाई लक्षित गरेर प्रदेशका ७३ वटा गाउँपालिकामा शुरु गरिएको कार्यक्रमले स्वरोजगार जनशक्ति उत्पादनमा टेवा पुर्याएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय प्रदेश ५ का कानुन सचिव राजेन्द्र थापाले जानकारी दिए ।
दाङको घोराहीमा बिहीवार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सचिव थापाले स्वरोजगार जनशक्ति उत्पादन गर्नका लागि प्रदेश ५ सरकारले शुरु गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले महत्वपूर्ण रहेको बताए । विशेष अनुदानबापत मन्त्रालयले ३८ करोड २६ लाख वजेट गाउँपालिकामा पठाएको भन्दै कानुन सचिव थापाले प्रदेशले यो कार्यक्रममा विशेष जोड दिएको जानकारी दिए ।
जिल्ला समन्वय समिति र गाउँपालिका अध्यक्ष, उपाध्यक्षहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै सचिव उनले अबको ३ वर्षवर्ष प्रदेशका जनताको प्रतिव्यक्ति आय १ हजार ६ सय पुर्याउने गरी प्रदेश सरकार लागिपरेको बताए । प्रदेश ५ को हालको प्रतिव्यक्ति आय ८ सय ३ अमेरिकी डलर छ ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीले गरिबीको दर घटाउन र स्वरोजगार जनशक्तिको बृद्धि गर्नका लागि कार्यक्रम प्रभावकारी भएको बताए । गाउँपालिकाहरुले प्रदेश सरकारको वजेटलाई सदुपयोग गर्नुपर्ने भन्दै समन्वय उनले परम्परागत कार्यशैलीबाट माथि उठेर योजना निर्माण गर्नुपर्ने जिकिर गरे ।

Next Post

सुर्खेतमा बस दुर्घटना, अठार घाइते

२४ पुष २०७६, बिहीबार १६:२६
सदरलाइनडटकम, सुर्खेत : सुर्खेतको छिन्चु–जाजरकोट सडक खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । सुर्खेतबाट जाजरकोटको लागि छुटेको भे १ ख २५७३ नम्बरको काक्रेबिहार यातायात प्रालिको फोर्स गाडी छिन्चु जाजरकोट सडक खण्डको सल्यानको बनगाड कुपिण्डे नगरपालिका ११ को बालुवा संग्रही नजिक सडकभन्दा १ सय ५० मिटर […]