भुकम्प सुरक्षा दिवसमा साताव्यापी कार्यक्रम गरिने

२२ पुष २०७६, मंगलवार १७:००
 

सदरलाइनडटकम,
नेपालगञ्ज : राष्ट्रिय भुकम्प सुरक्षा दिवस बाँकेमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको मंगलवार बसेको बैठकले प्रत्येक बर्ष माघ २ गते मनाइने राष्ट्रिय भूकम्प सुरक्षा दिवस बाँकेमा पनि साताब्यापी कार्यक्रम गरेर मनाउने निर्णय गरेको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको बैठकले माघ २ गते विहान ११ बजे नेपालगञ्जको धम्बोझी चोकमा भूकम्प आउँदा अपनाउनुपर्ने सतर्कता र भूकम्पमा परेकाहरुको उद्धार कसरी गर्ने भन्ने बारेमा ‘डेमो’ प्रदर्शन गर्ने निर्णय गरेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिए ।
नेपाली सेना र सशस्त्र प्रहरीलाई ‘डेमो’ प्रदर्शनको जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारीले बताए । त्यस्तै बाँकेका आठ वटै पालिकालाई र्यालीसंगै विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम गर्न अनुरोध गर्ने निर्णय भएको छ ।
रेडियोहरुमा भूकम्प सुरक्षा सम्बन्धि जनचेतनामूलक सामग्री प्रशारणका साथै संवाद कार्यक्रम चलाउने, सामाजिक सञ्जालहरुमा भूकम्प सुरक्षा सम्वन्धि सामग्रीहरुको व्यापकता गर्ने, सन्देशमूलक सामग्रीहरु प्रकाशन गरेर जनस्तरमा वितरण गर्ने लगायतका निर्णय भएको बुढाथोकीले जानकारी दिए ।
वि.सं १९९० माघ २ गते अपरान्ह २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा प्रत्येक बर्ष माघ २ गते देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइन्छ ।

Next Post

‘देश समृद्धिमा कलाकारको भूमिका महत्वपूर्ण’

२२ पुष २०७६, मंगलवार १७:००
सदरलाइनडटकम, दाङ : प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले मुलुकको समृद्धिका लागि कलाकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । दाङको घोराहीमा मंगलवारदेखि शुरु भएको प्रदेशस्तरीय बुद्ध सरयू चलचित्र महोत्सवको उद्घाटन गर्दै उनले परिवर्तनका लागि कलाकर्मीहरुले खेलेको भूमिकाको चर्चा गरे । परिवर्तित अवस्थामा चलचित्र विकास बोर्डको नीति बदल्नुपर्ने भन्दै सभामुख घर्तीले […]

सम्बन्धित