सुलेमानीको शवयात्रामा भागदौड, ३० जनाको मृत्यु

२२ पुष २०७६, मंगलवार १६:५१
 

सदरलाइनडटकम,
काठमाण्डौ : गत शुक्रवार इराकमा अमेरिकी ड्रोन आक्रमणमा परी मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको शवयात्राका क्रममा भागदौड मच्चिएको छ । भागदौडका क्रममा ३० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्य ४० जना घाइते भएको बताइएको छ ।
कासिमको गृहनगर केरमनमा भएको शवयात्राका क्रममा ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिएका बेला भागदौड मच्चिएको हो । उनको शव यात्रामा देशभरबाट मानिसहरू सहभागी भएका छन् ।
उनको पार्थिव शरीरलाई इराकबाट अहवाज, तेहरान हुँदै केरमन लगिँदै थियो । उनको त्यहाँ अन्त्येष्टि गरिने बताइएको छ । यसअघि अहवाज र तेहरानमा भएको शव यात्रामा पनि ठूलो संख्यामा मानिसहरू सहभागि भएका थिए । (एजेन्सी)

Next Post

भुकम्प सुरक्षा दिवसमा साताव्यापी कार्यक्रम गरिने

२२ पुष २०७६, मंगलवार १६:५१
सदरलाइनडटकम, नेपालगञ्ज : राष्ट्रिय भुकम्प सुरक्षा दिवस बाँकेमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको मंगलवार बसेको बैठकले प्रत्येक बर्ष माघ २ गते मनाइने राष्ट्रिय भूकम्प सुरक्षा दिवस बाँकेमा पनि साताब्यापी कार्यक्रम गरेर मनाउने निर्णय गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख […]