नयाँदिल्लीस्थित जेएनयुमा नकाबधारीको हमला

२१ पुष २०७६, सोमबार १२:१८
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) मा नकाबधारीहरुले हमला गरेका छन् । छात्राबासको कोठा–कोठामा पुगेर विद्यार्थीमाथि आक्रमण गरिएको र जेएनयु छात्र संघका अध्यक्षमाथि हमला भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार जेएनयुभित्र भाला र लाठी बोकेका ५० भन्दा बढी नकाबधारीहरु छिरेका थिए । उनीहरुले अन्धाधुन्ध आक्रमण गरेपछि घाइते भएका विद्यार्थीहरुलाई सातवटा एम्बुलेन्सबाट लगातार अस्पताल पठाउनुपरेको छ । घाइतेहरुलाई एम्स ट्रमा सेन्टरमा राखिएको छ । यतिखेर जेएनयुको प्रवेशद्वारमा ठूलो संख्यामा प्रहरी तैनात गरएको छ । दिल्ली प्रहरीको मूख्यालय बाहिर यो हमलाको विरुद्धमा प्रदर्शन भइरहेको छ ।
घाइते भएका शिक्षक र विद्यार्थीहरुलाई तत्काल चिकित्सकीय सहायता दिन र हमलाकारीहरुलाई गिरफ्तार गर्न उनीहरुले माग राखेका छन् । जेएनयु प्रशासनले विश्वविद्यालयमा भएको हिंसाको निन्दा गरेको छ ।
वामपन्थी आन्दोलनको गढ मानिने जेएनयुमा भारतीय सत्ताधारी दल भाजपाका कार्यकर्ताले आक्रमण गरेको हुनसक्ने आंकलन गरिएको छ । तर भारतीय मन्त्रीमण्डलमा रहेका मन्त्रीहरुले ट्वीटरमा यो हमलाको विरोध गरिरहेका छन् । (एजेन्सी)

Next Post

गौ वंश तस्करी रोक्न माग गर्दै राँझामा चक्का जाम

२१ पुष २०७६, सोमबार १२:१८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज–कोहलपुर सडकखण्डमा राप्रपा निकट युवक संगठनले सोमवार दिँउसो एक घण्टा चक्काजाम गरेका छन् । उनीहरुले गाईगोरु तस्करी रोक्न माग गर्दै राँझा चोक अगाडि टायर बालेर चक्काजाम गरेका हुन् । बाँकेबाट गाइगोरु तस्करी भइरहेको दावी गर्दै युवक संगठनका केही पदाधिकारी गएराति बुढिया गाउँमा पुग्दा विवाद भएको थियो । […]