नेपालगञ्जमा हवाई यात्रुको चाप बढ्यो

१९ पुष २०७६, शनिबार १५:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : चिसो बढेसँगै नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप बढेको छ । राँझा विमानस्थलबाट अहिले दैनिक ५० उडान भइरहेका छन् भने यात्रुलाई टिकट पाउन मुस्किल परेको छ ।
नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार दैनिक हवाईजहाज चढेर आवतजावत गर्ने यात्रुको संख्या एक हजार २०० देखि एक हजार ५०० सम्म पुग्छ । यो संख्या विगत वर्षभन्दा बढी हो । चिसोका कारण सडक यातायातभन्दा हवाई यातायात रोज्ने बढेका छन् ।
चिसोमा कष्ट र झन्झट कम हुने भएपछि जहाजमा यात्रा गर्नेको चाप देखिएको ठाकुरले बताए । पहाडी जिल्लामा जानेभन्दा बेँसी झर्नेको संख्या बढी छ । नेपालगञ्ज होली डेका प्रबन्ध निर्देशक श्रीराम सिग्देलले आयस्रोत बढेसँगै जहाज प्रयोग गर्ने बढेको बताए ।
सिग्देलले आन्तरिक हवाई यात्रु जस्तै पश्चिम नेपालमा पर्यटकको चाप बढाउन सके अझ राम्रो हुने जिकिर गरे । भ्रमण वर्ष शुरु भएपनि घुम्नका लागि पश्चिम आउने पर्यटकको संख्या भने कमै छ ।

Next Post

एकता युवा क्लब पुरैनीले गर्यो सरसफाई कार्यक्रम

१९ पुष २०७६, शनिबार १५:३२
सदरलाइनडटकम, नेपालगञ्ज :  एकता युवा क्लब पुरैनीले शनिवार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वार्ड नं.२२ पुरैनीमा रहेको क्लबका पदाधिकारी र स्थानीयवासीहरुको सहयोगमा २२ नं. वडा कार्यालयदेखि नहरपुर्वाको चौकसम्म करीब १ किलोमीटर सडकको वरिपरि सरसफाई गर्नुका साथै थानीयवासीलाई सरसफाई सम्बन्धी सचेतना गराइएको थियो । २२ नंं. वडामा सडकको […]