‘चुन्ना’को नेतृत्वमा समावेशी प्यानल, रौनियारको नेतृत्वमा साझा प्रजातान्त्रिक प्यानलको उम्मेदवारी घोषणा

१९ पुष २०७६, शनिबार १०:२५
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : पश्चिम नेपालको प्राचिन शहर नेपालगञ्जका व्यावसायीहरु यतिबेला आफ्नो हकहीतको लागि आगामी ३ वर्षे कार्यकालको नेतृत्वको लागि चुनावी मैदानमा छन् । हालसम्म दुई प्यानलबाट आ–आफ्नो उम्मेदवारी घोषणा गरेको अवस्था छ ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि समावेशी प्यानलले अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’को नेतृत्वमा उम्मेदवार घोषणा गरेको छ । उक्त प्यानलको उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल उम्मेदवार रहेका छन् । चुन्ना बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष समेत हुन ।
सो समुहबाट सदस्यहरुमा टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट रहेका छन् ।
त्यस्तै बस्तुगत तर्फ होटल व्यवसायी संघ बाँके नेपालगञ्जका अध्यक्ष भिमलाल कँडेल, र टेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष सिद्धान्तजङ्ग राणा ‘सिद्धु’ रहेका छन् ।
अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले लामो समयदेखि संघमा रहेर उद्योगी, व्यवसायीको हकहितमा लाग्दै आएका उद्योगी, व्यवसायीलाई उम्मेदवार बनाएर निर्वाचनमा होमिएको बताउँदै सहयोग गर्न आग्रह गर्दै भने–‘मलाई यहाँहरुले यसपटक संघको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिनु हुन्छ भन्ने बिश्वास छ । म संगै मेरा सम्पूर्ण उम्मेदवार साथीहरुलाई बराबर नजरले हेरिदिनु हुन अपील गर्छु ।’ उनले व्यवसायीक हितका लागि सबै त्यागेर लाग्ने प्रतिवद्धता जनाएका छन् ।
नेतृत्वमा पुर्याए निजीक्षेत्रबाट जिल्लाको विकासका लागि गर्न सक्ने योगदान गर्ने बताउँदै उद्योगी, व्यवसायीको हितका बिषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै भने–‘यहाँको दुःख, सुःखको सारथी बन्नका लागि म मेरो व्यापार, व्यवसाय र घरका कामकाज छोडेर लाग्न तयार छु । २४ सै घण्टा यहाँहरुको सेवामा हाजिर हुन्छु ।’
यसैगरी नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले ललितकुमार रौनियार नेतृत्वमा आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ ।
समूहले उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य तर्फको उपाध्यक्षमा अमित बस्नेतलाई अघि सारेको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको सदस्य पदका उम्मेदवारहरुमा अजयकुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णुप्रसाद श्रेष्ठ, टंकप्रसाद शर्मा, मख्खनबहादुर धामी, सन्तोषकुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्रराज श्रेष्ठ, सुरेन्द्र सिंह सरदार रहेका छन् ।
उम्मेदवार घोषणासभामा अध्यक्ष पदका उम्मेदवार ललित रौनियारले आफु उद्योगी, व्यवसायीको हितमा सक्रिय हुने बताउँदै बिगत हेरेर व्यवहार नगर्न आग्रह गरेका छन् । उनले आफु वर्षौदेखि व्यवसायीक हितमै लागेको उल्लेख गर्दै नेतृत्वमा पुगेपछि सबै बिर्सिएर संघ र बाँकेको उद्योग, व्यवसायका क्षेत्रमा सक्रिय हुने प्रतिबद्धता गरे ।
नेपालको पुरानो शहरको रुपमा परिचित नेपालगञ्जको व्यावसायिक हीत र नागरिक अगुवा संगठनको रुपमा हेरिएको नेपालगञ्ज उद्योग बाणिज्य संघले प्रदेश ५ को मात्र नभएर कर्णाली र सुदूरपश्चिम प्रदेशको समेत विकासको आधार बनाउने भएकोले पनि यो निर्वाचनलाई विषेश रुपले हेर्ने गरिएको छ ।

Next Post

दुई करोडमा सडक बत्ती जडान गरिँदै

१९ पुष २०७६, शनिबार १०:२५
सदरलाइनडटकम, दाङ : दाङको घोराही बजार क्षेत्रको मुख्य सडकमा सडकबत्ती जडान शुरु भएको छ । घोराही उपमहानगरपालिकाले बजारका तीन स्थानमा पहिलो  चरणअन्तर्गत ७१ वटा विद्युतीय खम्बा जडान शुरु गरेकोे  हो । घोराही बजारको  कुटवालखोलादेखि रतनपुरचोक, नेपाल बैंक लिमिटेडदेखि शहीदगेट र तुलसीपुर चोकदेखि दामोदर चोकसम्मको  सडकको बीच भागमा ७१ वटा विद्युतीय […]

सम्बन्धित