बालबिबाह अन्त्यका लागि जुझारु किशोर किशोरी

१८ पुष २०७६, शुक्रबार १२:५७
 

नेपाल बालविवाह हुने दक्षिण एशियाली देशहरु मध्ये तेस्रो स्थानमा पर्छ । २०६८ को जनगणनाको तथ्याङकले नेपालमा एक लाख ३८ हजार १५ जना बालबालिकाको १० वर्ष नपुग्दै विवाह भएको देखाएको छ ।
त्यसैगरी नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०११(एनडिएचएस) ले नेपालका २० वर्षदेखि २४ वर्ष उमेर समुहका ४१ प्रतिशत महिलाको विवाह १८ वर्ष नपुग्दै भएको देखाएको छ ।
बालविवाहको कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउदा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न समस्याहरु देखिने, लैंगिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, वेचविखन जस्ता हिंसाबाट बालबालिकाहरु पीडित हँुदै आएका छन । बालविवाहका कारण बालबालिकाहरु आधारभूत अधिकारबाट बञ्चित हुने बिद्यमान अबस्थाको अन्त्यका लागि नेपाल सरकारले बालविवाह अन्त्य गर्ने लक्ष्यका साथ बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति–२०७२, बनाई बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । यसै क्रममा बाँके जिल्लालाई सन २०२१ को जुनसम्म बालबिबाह मुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामाजिक सचेतन सरोकार मन्च (स्याक) नेपालले २०१९ को जनवरीदेखि क्रियाशिल हुँदै आएको छ ।
बालबिबाहका घटनालाई रोक्न बालबालिकालाई नै क्रियाशिल बनाउने उद्देश्यले गाउ तथा वडाहरुमा किशोरी क्लबहरु गठन गर्न सहयोग गर्दै आएको छ । बालबिबाह बिरुद्ध जनचेतना अभिबृद्धिका लागि बालबालिकाहरुले नै सडक नाटक प्रर्दशन गर्ने, बिद्यालयहरुमा बक्तृत्वकला, हाजिरीजबाफ प्रतियोगिता, चित्रकला र अभिभाबकहरुलाई चिठठी लेख्ने जस्ता रचनात्मक गतिबिधिहरु संचालन गर्दै आएका छन ।
जसका कारण बालबिबाह सम्बन्धी जनचेतना बृद्धि भई बालबिबाहका घटनामा कमी आउनुका साथै बालबिबाह हुन लागेका घटनाहरु रोकिन थालेका छन । बाँके जिल्लामा ८ वटा किशोरी क्लबहरुले ज्ञापन पत्रबुझाउने तथा पत्रकार सममेलन गरेर स्थानीय निकायलाई बालबिबाह घटाउने कार्यक्रम सञ्चालनगर्न तथा बजेट बिनियोजन गर्नका लागि दबाब सिर्जना गर्दै आएका छन् ।
हालसम्म किशोरी क्लबले २४ बटा हुन लागेका बालबिवाहका घटनाहरु स्थानीयतहका जनप्रतिनिधि, प्रहरी प्रशासनको सहयोगमा रोकेका छन् र उनीहरुलाई स्कूलमा पढाई निरन्तर गर्नका लागि मनोबैज्ञानिक परामर्श दिंदै आएका छन् । बाबु आमाहरुलाई पनि संझाई बुझाई गर्ने कार्य गर्दै आएका छन् । यसैक्रमका तस्बिर झलकहरु

Next Post

रौनियारको नेतृत्वमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी चुनाबी मैदानमा

१८ पुष २०७६, शुक्रबार १२:५७
सदरलाइनडटकम, नेपालगञ्ज : आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले शुक्रबार ललितकुमार रौनियार नेतृत्वमा आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ । ‘आर्थिक समुन्नती सहितको व्यवसायीक स्वतन्त्रता संस्थागत विकासको लागि हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको उम्मेदवार सार्वजनिक गरेको […]