मुख्यमन्त्री पोखरेलद्वारा भ्रमण वर्षको उद्घाटन

१६ पुष २०७६, बुधबार १६:३६
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलले बाँके राष्ट्रिय निकुञ्जमा बिधिवतरुपमा हात्तीमा बसेर जंगल सफारीको उद्घाटन गरेका छन् । भ्रमण बर्ष २०२० को उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले बाँके राष्ट्रिय निकुञ्जको खड्कवारबाट हात्तीसफारी शुरुवात गरेका हुन् ।
बाँके राष्ट्रिय निकुञ्ज नेपालकै सबै भन्दा कान्छो निकुञ्ज हो । बाघको संरक्षण र बाघकालागि यो निकुञ्ज २०६७ सालमा स्थापना भएको हो । ५ सय ५० बर्ग किलोमिटरमा फैलिएको यो राष्ट्रिय निकुञ्जले दाङ, सल्यान र बाँकेमा सिमाना जोडिएको छ ।
यस निकुञ्जलाई बिशेष गरि बाघ संरक्षणकालागि महत्वपुर्ण मानिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए । सन २०१३ मा ५ वटा रहेको बाघको संख्या सन २०१९ मा २१ भन्दा बढि रहेको भट्टराईले बताए ।
कार्यक्रममा बोल्दै मुख्य मन्त्री शंकर पोखरेलले भ्रमण बर्ष सफल पार्नका लागि आन्तरिक पर्यटकहरुको उपस्थितीलाई बढाउनु पर्नेमा जोड दिए । भ्रमण वर्ष नेपाल सरकारको मात्र लक्ष्य नभइ सबै नागरिक र सरोकारवाला निकायको पनि महत्वपूर्ण उद्देश्य भएको पोखरेलले बताए ।

Next Post

बर्दियामा ट्रक दुर्घटना, तीनको मृत्यु

१६ पुष २०७६, बुधबार १६:३६
सदरलाइनडटकम, बर्दिया : पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जभित्र ट्रक दुर्घटना हुँदा ज्यान गुमाउने तीन जनाकै परिचय खुलेको छ । ज्यान गुमाउनेमा बाँके खजुरा ६, कोहलपुर बस्ने ३५ वर्षीया प्रतिमा सुनार, खजुरा गाउँपालिका जी गाउँ बस्ने ४० वर्षीया पवित्रा सुनार परियार तथा सहचालक गुल्मी जिल्ला घर भएका निमबहादुर सार्की रहेका छन् […]