खेल शिक्षकको प्रशिक्षण सकियो

१४ पुष २०७६, सोमबार १८:३६
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा खजुराको ज्ञानोदयमा सञ्चालित तीन दिने खेल शिक्षकका लागि राखिएको प्रशिक्षण सोमवार सकिएको छ । खजुरा क्षेत्रका २९ विद्यालयका खेल शिक्षकलाई प्रशिक्षण दिइएको थियो ।
भलिबलका विषयमा लालबहादुर मल्ल, एथलेटिक्स बारे वरिष्ठ प्रशिक्षक विक्रम थापा, कवड्डीबारे जनक केसीले प्रशिक्षण दिएको कार्यक्रममा सैद्धान्तिक तथा व्यवहारिक ज्ञानका लागि दोस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता सचिवालय संयोजक यमनारायण महतो, शिक्षक शरण सापकोटा, बुद्धिराम महतोले सहजीकरण गरेका थिए ।
समपान कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खेलमा सबैभन्दा ठूलो कुरा अनुशासन भएकाले दोस्रो मेयर रनिङ शिल्ड सफल बनाउन सबै सरोकारवाला पक्ष सक्रिय भएर लाग्नु पर्ने बताए । उनले खेल शिक्षकको प्रशिक्षणलाई गाउँपालिकाले निरन्तरता दिने बताउँदै खेलका न्यूनतम मूल्यमान्यता र मापदण्डबारे सिकाउँदा आउने समस्या हल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा खजुरा गाउँपालिका राजनीतिक सल्लााहकार भीम ओलीले खेल शिक्षकलाई प्रशिक्षण खजुराले गर्व गर्न लायक कार्यक्रम भएको बताए । शिक्षा समिति सदस्य एवं ज्ञानोदय नमूना मावि व्यवस्थापन समिति अध्यक्ष भक्तबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समिति सदस्य एवं ज्ञानोदय नमूना माविका प्रधानाध्यापक ऋषिराम सापकोटाले खेल शिक्षकलाई दिइने प्रशिक्षणले खेलमा हुने नियमबारे समस्या हल हुनुका साथै विद्यालयमा खेल प्राविधिक तथा सैद्धान्तिक ज्ञानबारे थप उर्जा प्रदान हुने बताए । कार्यक्रममा खजुरा गाउँपालिका स्रोत शिक्षक टंक दाहाल, शिक्षक अर्जुन थापालगायतको सहभागिता रहेको थियो ।

Next Post

पाँच नम्बर प्रदेश सरकारले एसईईको नतिजा सुधार्न गणित र विज्ञानको विषेश कक्षा सञ्चालन गर्दै

१४ पुष २०७६, सोमबार १८:३६
सदरलाइन / रुद्र सुवेदी नेपालगञ्ज  :  पाँच नंम्बर प्रदेस सरकारको सामाजिक विकास मन्त्रालयले माध्यामिक तहका विद्यार्थीको गणित र विज्ञान विषयको नतिजामा सुधार ल्याउनको लागि विषेश कक्षा सञ्चालन गर्ने भएको छ । शैक्षिक सत्र २०७५ को एसईई परीक्षामा प्रदेश नंम्बर पाँचका परीक्षार्थीले गणित र विज्ञानमा अत्यन्तै नाजुक नतिजा ल्याएको पाईएपछि प्रदेश […]