बाघको आक्रमणबाट घाइतेलाई राहत

१४ पुष २०७६, सोमबार १८:२९
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकाले गत जेठ १३ गते खजुरा–३ धौलागिरीको किरणनालामा अरुको ज्यान बचाउन गएका बेला बाघको आक्रमण परेका दीपबहादुर श्रीसलाई राहत प्रदान गरेको छ । लामो समय भईसक्दा पनि पूर्णरुपमा स्वस्थ्य हुन नसकेका श्रीसलाई केही राहत होस् भन्ने हेतुले १ लाख रुपैयाँ गाउँपालिकाले सहयोग गरेको हो ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, नेकपा खजुरा गाउँपालिका अध्यक्ष राजकुमार विक, खजुरा गाउँपालिका वडा नं. ३ का अध्यक्ष कान्तुराम गौतम, खजुरा गाउँपालिका राजनीतिक सल्लाहकार भीम ओली, शिक्षा समिति सदस्य भक्तबहादुर केसीलगायत सोमबार श्रीसको घरमै पुगेर उक्त राहत प्रदान गरेका हुन ।
सो अवसरमा अध्यक्ष कक्षपतिले स्वास्थ्य लाभको कामना गर्दै बाँकी उपचारमा केही राहत पुग्ने भन्दै उक्त सहयोग गरिएको बताए । घाँटी छातीमा बाघको नग्राले गहिरो गरी चिर्नुका साथै दायाँ खुट्टाको दुई ठाउँमा गम्भीर चोट लागेका कारण श्रीस ८ महिना हुँदा पनि पूर्णरुपमा स्वस्थ्य हुन सकेका छैनन् ।
उनको दाया खुट्टामा रड राखेर अप्रेशन गरिएको र अझै केही समय लाग्ने बताइएको छ । बाघको आक्रमण परेका श्रीस करीब १ महिना नेपालगञ्ज शिक्षण अस्पतालको उपचारपछि घर फर्किँदा पुनः जीवन पाएको भन्दै बाजा गाजाले स्वागत गरिएको थियो । उनी अहिले चिकित्सकको सल्लाहमा घरमै आराम गरिरहेका छन् ।

Next Post

खेल शिक्षकको प्रशिक्षण सकियो

१४ पुष २०७६, सोमबार १८:२९
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा खजुराको ज्ञानोदयमा सञ्चालित तीन दिने खेल शिक्षकका लागि राखिएको प्रशिक्षण सोमवार सकिएको छ । खजुरा क्षेत्रका २९ विद्यालयका खेल शिक्षकलाई प्रशिक्षण दिइएको थियो । भलिबलका विषयमा लालबहादुर मल्ल, एथलेटिक्स बारे वरिष्ठ प्रशिक्षक विक्रम थापा, कवड्डीबारे जनक केसीले प्रशिक्षण दिएको कार्यक्रममा सैद्धान्तिक […]