चिसोले बाँकेसहित देशभरको जनजीवन कष्टकर

  
  प्रकाशित मितिः शनिबार, पुस १२, २०७६       | 151 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : चिसो बढेसँगै बाँकेसहित देशभरिको जनजीवन कष्टकर बनेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार बिहान नेपालगञ्जको अधिकतम तापक्रम १२.६ रहेको थियो भने न्युनतम तापक्रम ३.५ रहेको छ ।
महाशाखाका अनुसार काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम १५.७ छ भने न्युनतम तमक्रम ० दशमलब ६ डिग्री सेल्सियस मापन भएको छ । यसअघि उपत्यकाको न्युनतम तापक्रम ० दशमलव ९ डिग्री सेल्सियस मापन भएको थियो ।
यस्तै दिपायलको न्युनतम तापक्रम २.८, डडेल्धुराको २.५ र धनगढीको २.८ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । उता वीरेन्द्रनगर सुर्खेतको न्युनतम तापक्रम १.३, जुम्लाको माइनस ६.०, दाङको २.९ र भैरहवाको ४.५ डिग्री रहेको छ ।
दिउँसो बिस्तारै हुस्सु हट्दै गएपनि चिसो भने नहट्ने महाशाखाकी मौसमबीद् गंगा नगरकोटीले जानकारी दिइन् । तराईका अधिकांश भागमा बाक्लो हुस्सु र कुहिरो लाग्दा जनजीवन कष्टकर बनेको छ ।

प्रकाशित मितिः शनिबार, पुस १२, २०७६     5:42:19 PM  |