बाँके बर्दियालाई कर्णालीमा गाभ्न १७ सदस्यीय संघर्ष समिति गठन

९ पुष २०७६, बुधबार १९:०९
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  संघियताको कारण राज्यको पुनरसंरचनामा बाँके र बर्दिया पछाडि परेको भन्दै यी दुई जिल्लालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागि पहल गर्ने उद्देश्यले एक समिति निर्माण भएको छ ।
नेपालगञ्ज उपमहानगरका प्रमुख तथा राप्रपाका महामन्त्री समेत रहेका डा. धवल शम्सेर राणाको पहलमा नेकपा, नेपाली कांग्रेस, राप्रपा लगायत दल र बार एशोसिएशन, पत्रकार ममहासंघ, चिकित्सक संघ, होटल ब्यावसायी लगायतको सरोकारवाला रहेको संघर्ष तथा छलफलका लागि सचिवालय निर्माण गरिएको नेकपाका युवा नेता रत्न खत्रीले जानकारी दिए ।
बुधबार नेपालगञ्ज उपमहानगरका प्रमुख राणाका अगुवाईमा भएको छलफलबाट १७ सदस्यीय सचिवालय समिति गठन भएको नेकपाका नेता खत्रीले जानकारी दिए ।
सो समितिमा डा. राणा, नेता खत्री, नेपाली काँग्रेसका युवा नेता सुधान्शु कोईराला, राप्रपाका ऋषि देवकोटा, पत्रकार झलक गैरे, अशोक श्रेष्ठ, नेपालगञ्ज उपमहानगरका उपप्रमुख उमा थापामगर, वडा अध्यक्ष प्रमोद रिजाल, चिकित्सक संघका डा. बिनोद कर्ण, पत्रकार महासंघ, बार र होटल एशोसियसन सदस्य रहेको नेता खत्रीले बताए ।
सो भेलाले कर्णालीमा समायोजनको लागि बाँके र बर्दियाका सांसद, राजनीतिक दल र सरोकारवालादेखि जनतासङ्ग छलफल चलाउने सहमति भएकोे र आवश्यक परे आन्दोलन गर्नेसम्मको तयारी गरिएको बताईएको छ ।
संघिय समाजबादी पार्टी बाँकेका अध्यक्ष कमरुदिन राईले आफुहरु सो समितिमा नरहेको र १७ सदस्यीय संघर्ष समिति बारे अनविज्ञ रहेको बताए । उनले भने–‘संघर्ष समितिका बारेमा हामीहरुलाई कुनै जानकारी पनि छैन र त्यो हाम्रो राजनीतिक एजेण्डा पनि होईन ।’
राजपा नेता तथा नेपालगञ्जका पूर्व मेयर बिजय गुप्ताले आफुहरुले समग्र मधेश एक प्रदेशको राजनीतिक माग राख्दै आएकोमा सहमतिको लागि मात्र आफुहरुको राजनीतिक बटमलाईन कञ्चनपुरदेखि परासीसम्मको एक प्रदेश बनाउदै नेपालगञ्जलाई नै राजधानी बनाउनु पर्ने माग भएको बताए ।
उनले भने–‘देशको नामबाट स्थापित भएको शहरलाई पछाडि पर्ने काम भई रहेको छ । नेपालगन्जको विकासको लागि जनमत पाएको व्यक्तिले आफ्नो काम र कर्तव्य विर्सेर हिड्न थालेको अनुभुती भएको छ । राजपाको एजेण्डा कञ्चनपुरदेखि परासीसम्मको प्रदेश नै हो हामी यसैमा अडिक छौ ।’

Next Post

लक्ष्मणपुर स्वास्थ्य केन्द्रलाई बाँके युनेस्को मार्फत कतार च्यारेटीबाट स्वास्थ्य उपकरण सहयोग

९ पुष २०७६, बुधबार १९:०९
सदरलाइनडटकम, नरैनापुर (बाँके)  : बाँकेको नरैनापुरमा रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनका लागि विभिन्न स्वास्थ्य उपकरण हस्तान्त्रण गरिएको छ । कतार च्यारेटीको आर्थिक सहयोग र बाँके युनेस्को क्लबले १४ लाख ६३ हजार ८ सय ९८ रुपयौँ बराबरको अस्पताल सञ्चालनको लागि आवश्यक सामाग्रीहरु नरैनापुर गाँउपालिकालाई हस्तान्त्रण गरिएको हो । सोही अवसरमा […]