नारायणीमा मिनी पानी जहाजको सफल परीक्षण

७ पुष २०७६, सोमबार १५:४०
 

सदरलाइनडटकम,
चितवन : चितवनमा बनिरहेको मिनी पानीजहाज (क्रुज सिप)को नारायणी नदीमा सफल परीक्षण गरिएको छ । नारायणी नदी किनारमा पर्ने काभ्रेघाटमा बनिरहेको ‘क्रुज सिप’लाई नदीमा चलाएर परीक्षण गरिएको हो ।
भरतपुर महानगरपालिका १६ को ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा लामो समय लगाएर बनाइएको ‘मिनी पानीजहाज’को आइतबार दिउँसो गरिएको परीक्षण सफल भएको बताइएको छ । क्रुज बनाइएको ठाउँबाट एक किलोमिटरसम्म परीक्षण गरिएको हो । एक सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाजको निर्माण गएको वर्ष चैतबाट थालिएको थियो ।
निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । नर्वेजियन प्रविधि प्रयोग गरेर बनिरहेको क्रुज सिपमा भारतका प्राविधिकले काम गरिरहेका छन् । क्रुजमा दुई वटा इञ्जिन छन् । क्रुजको तल्लो भागमा कुनै कारणले प्वाल परेर वा क्षति भएर पानी पसेमा सबै भागमा पानी नजाने गरी डिजाइन गरिएको छ ।
क्रुज सिपमा अहिले विदेशी १५ जना चालक दलका सदस्य र प्राविधिक रहेपनि पछि नेपाली प्राविधिकहरुले नै यसलाई चलाउने योजना बनाइएको छ । क्रुजको पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ ।

Next Post

नरिवलको रक्सी पिउँदा आठको मृत्यु

७ पुष २०७६, सोमबार १५:४०
सदरलाइनडटकम, काठमाण्डौ : नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा ८ जनाको मृत्यु भएको छ । रक्सीकै कारण बिरामी भएका अन्य सयौं जना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुनसक्ने विश्वास गरिएको छ । राजधानी मनिलादेखि दक्षिणपूर्वी […]