नेपालगञ्जमा युवा सूचना केन्द्र सञ्चालित

६ पुष २०७६, आईतवार १८:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा महेन्द्र युवा सूचना केन्द्र सञ्चालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ स्थित महेन्द्र पुस्तकालयमा उक्त युवा सूचना केन्द्र सञ्चालनमा आएको हो ।
सूचना केन्द्रको आइतवार नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणाले उद्घाटन गरे । नेपालगञ्ज उपमहानगरपाालिका वडा नं. ८, सेफ द चिल्ड्रेन र सामाजिक बिकास मंच (एसडिएफ) बाँकेको संयुक्त समन्वय तथा सहकार्यमा सूचना केन्द्र स्थापना गरिएको वडा नं. ८ का अध्यक्ष सुरेन्द्र गुप्ताले जानकारी दिए ।
कार्यक्रममा बोल्दै मेयर डा.राणाले युवाहरु सूचना केन्द्रबाट युवाहरुलाई आवश्यक तथा उनीहरुको जीविकोपार्जन र स्वरोजगार सम्बन्धि सूचना, सन्देश प्र्रदानमा सहज हुने बताए । उनले यसको उपयोगितालाई दृष्टिगत गर्दै युवाहरुका लागि थप आवश्यक सहयोग गर्न महानगर तत्पर रहेको प्रतिबद्धता जनाए । साथै उनले नेपालगञ्जमा सामाजिक बिकास मंचले युवाहरुका लागि गर्दै आएको कार्यको सराहना गर्दै यो केन्द्र स्थापनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
यस्तै जिल्ला समन्वय समितिका बाँकेका सदस्य चेत बहादुर थापाले युवा सूचना केन्द्रमा युवाहरुलाई आकर्षित गर्न सक्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपालगञ्ज वडा नं.७ का अध्यक्ष जुम्मन खाँ, नेपालगञ्जका शिक्षा शाखा प्रमुख गोरख बहादुर थापा, सेफ द चिल्ड्रेनकी युवा शशक्तिकरण बुलगारी परियोजनाकी कार्यक्रम संयोजक फुल कुमारी चौधरी, एसडिएफका कार्यक्रम संयोजक राम श्रेष्ठ, कार्यक्रम अधिकृत बृजेश ठाकुर, सहजराम यादव, सरस्वती माध्यमिक बिद्यालय, महेन्द्र नमूना मा बि र युवाहरुको बीचमा सूचना केन्द्रको स्थापना गरिएको छ ।
वडा नं. ८ को कार्यालयबाट दुुई लाख पचास हजार र सेफ द चिल्ड्रेन तथा एसडिएफबाट तीन लाख ८१ हजार गरी कुल ६ लाख ३१ हजार लगातमा सूचना केन्द्रको स्थापना गरिएको हो ।

Next Post

कोहलपुुरका पत्रकार शर्मामाथि सांघातिक आक्रमण

६ पुष २०७६, आईतवार १८:५५
सदरलाइनडटकम, कोहलपुर (बाँके) : नेपाल पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य तथा काँचुली खबर अनलाइनका कार्यकारी सम्पादक संगिन शर्मामाथि सांघातिक आक्रमण भएको छ । घाइते पत्रकार शर्माका अनुसार उनीमाथि नेकपा नेता समेत रहेका पुजन बिश्वकर्माको निर्देशनमा आफुमाथि आक्रमण भएको बताए । आईतवार बेलुका कोहलपुरमा रहेको नेता बिश्वकर्माद्वारा प्रकाशित पत्रिका युगयान दैनिकको […]

सम्बन्धित