अध्यक्षको अवस्था अझै अज्ञात, पत्नी अपहरणमुक्त

६ पुष २०७६, आईतवार १६:२१
 

सदरलाइनडटकम,
दैलेख : दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी पत्नी इला शाही शनिवार राती अपहरणमा परेकोमो इला भने अपहरणमुक्त भएकी छन् । अध्यक्षको अवस्था अझै अज्ञात रहेको छ । इला आइतवार बिहान अपहरणमुक्त भएकी हुन् ।
राती १५ जनाको समूहमा आएका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अध्यक्ष र उनकी पत्नीलाई अपहरण गरेका थिए । अपहरित अध्यक्षका भाई हस्त शाहीले आफ्ना दाजुको अवस्था अहिले पनि अज्ञात रहेको बताए । सोधपुछ गर्नुछ भन्दै विप्लव समूहले अध्यक्ष शाही र उनकी पत्नीलाई घरबाटै अपहरण गरेका थिए ।
यसैबीच विप्लव समूहले आफ्नो पार्टीविरुद्ध सुराकी गरेको र गाउँपालिकामा अनियमितता गरेको भन्दै नियन्त्रणमा लिइएको जनाएको छ । घटनाबारे अनुसन्धान गर्नुका साथै अध्यक्षको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीको भनाइ छ ।
अध्यक्ष शाहीलाई कालिकोटतर्फ लगिएको हुनसक्ने स्थानीयको अनुमान छ । यस्तै सत्तारुढ नेकपाले अपहरित गाउँपालिका अध्यक्षलाई सकुशल रिहा गर्न माग गरेको छ । नेकपा कर्णाली प्रदेशले अपहरित अध्यक्ष शाहीको खोजीका लागि परिचालन हुन कार्यकर्तालाई निर्देशन दिएको छ ।

Next Post

५८ वटा गोरुसहित दुई भारतीय पक्राउ

६ पुष २०७६, आईतवार १६:२१
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको ५८ वटा गोरुसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । शनिवार राति १ बजे दाङको गढवा गाउँपालिका वडा नम्बर ५ मुसीधार गाउँबाट ५८ वटा गोरुसहित दुई भारतीय पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको टोलीले नेपाल भित्र्याउँदै गरेको गोरुसहित […]

सम्बन्धित