भारतमा नागरिकतासम्बन्धी कानुनविरुद्ध आज पनि प्रदर्शन

५ पुष २०७६, शनिबार १५:४२
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतमा विवादास्पद नागरिकता संशोधन सम्बन्धी कानुनविरुद्ध शनिवार पनि प्रदर्शनले निरन्तरता पाएको छ । जारी प्रदर्शनमा ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । उत्तर प्रदेशका अधिकांश विभिन्न जिल्लामा भड्किएको हिंसामा उनीहरुको मृत्यु भएको हो ।
प्रदर्शनकारीहरुले प्रहरी चौकीमा आगजनी समेत गरेका छन् । सवारी साधनमा आगजनी गर्नुका साथै प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । ३२ प्रदर्शनकारी र आठ भन्दा बढी प्रहरी पनि घाईते भएका छन् । ठूलो संख्यामा प्रदर्शनकारी पक्राउ परेका छन् ।
नयाँ कानुनी व्यवस्थाले विवादास्पद आप्रवासीलाई भारतको नागरिकता दिने व्यवस्था गरेसँगै चर्किएको आन्दोलनमा १३ जनाको मृत्यु भईसकेको छ । विगत दुई हप्तादेखि भारतमा आन्दोलन जारी छ । नयाँ व्यवस्थाले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेश गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र ईसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने भएका छन् ।
भारतको नागरिकता लिन उनीहरु ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने कानुनी व्यवस्था छ । अंगीकृत नागरिकताका लागि भने ६ वर्ष मात्र बसेको वा काम गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । (एजेन्सी)

Next Post

अध्यक्षको अवस्था अझै अज्ञात, पत्नी अपहरणमुक्त

५ पुष २०७६, शनिबार १५:४२
सदरलाइनडटकम, दैलेख : दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी पत्नी इला शाही शनिवार राती अपहरणमा परेकोमो इला भने अपहरणमुक्त भएकी छन् । अध्यक्षको अवस्था अझै अज्ञात रहेको छ । इला आइतवार बिहान अपहरणमुक्त भएकी हुन् । राती १५ जनाको समूहमा आएका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अध्यक्ष र उनकी […]

सम्बन्धित