‘तीन दिनसम्म मौसम यस्तै रहने’

२ पुष २०७६, बुधबार १६:४७
 

सदरलाइनडटकम,
काठमाण्डौ : बुधवार नेपालका पूर्वी भूभागमा आंशिक वदली रही पश्चिम र मध्य तराईका केहि स्थानमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म कुनै उल्लेखनिय मौसमी परिवर्तन हुने सम्भावना छैन । बुधवार दिउँसो देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै रातभर देशको पूर्वी र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । त्यसैगरी भोलि बिहीवार दिउँसो देशको पश्चिमि भूभागलगायत पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने रातभर देशभर आंशिक बदली रहने छ ।
यो साताको शुक्रवार दिउँसो देशको पश्चिम र मध्य भुभागलगायत पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य र बाँकी भूभागमा आंशिक बदली रहनेछ । पश्चिम भेगका एक दुइ स्थान मा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाको अनुमान छ । सोही दिन राति भने देशभर आंशिकदेखि सामान्य वदली रहनुका साथै पश्चिम भेगका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

Next Post

बुद्ध जन्मस्थलीमा सडक खाना महोत्सव गरिँदै

२ पुष २०७६, बुधबार १६:४७
सदरलाइनडटकम, रुपन्देही : पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा सडक खाना महोत्सव गरिने भएको छ । ‘लुम्बिनी जाऔँ, लुम्बिनीमै खाऔँ, लुम्बिनीमै रमाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी होटल सङ्घ नेपालले छैटौँ पटक सडक खाना महोत्सव आयोजना गरेको हो । अँग्रेजी नयाँ वर्षको अवसर पारेर यही पुस १५ गते आयोजना […]