पाकिस्तानी पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्ड

१ पुष २०७६, मंगलवार १६:४८
 

सदरलाइनडटकम,
काठमाण्डौ : देशद्रोहको मुद्दामा पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैन्य शासक परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफलाई पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठको अध्यक्षतामा विशेष अदालतका तीन सदस्यीय इजलासले मंगलवार मृत्युदण्डको सजाय सुनाएको हो ।
उनले सन १९९९ मा नवाज शरिफ प्रधानमन्त्री भएका बेला सैनिक बल प्रयोग गरी सत्ता हातमा लिएका थिए । यद्यपि त्यो रक्तपात विहिन सैनिक कु थियो । परवेजले सैनिक बलमा सत्ता लिएपनि पछिल्लो समयमा निर्वाचनका माध्यमबाट राष्ट्रपति भएर सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति भएका थिए ।
हाल उनी संयुक्त अरब इमिरेट्सको दुवईमा निर्वासित जीवन बिताउँदै आएका छन् । उनी त्यहाँ बिरामी भएर उपचाररत रहेको बताइएको छ । ३ नोभेम्बर २००७ मा संकटकालीन स्थितिका लागि मुसर्रफमाथि डिसेम्बर २०१३ मा देशद्रोहको मुद्दा दर्ता गरिएको थियो । त्यसपछि मुसर्रफलाई सन् २०१४ मार्च ३१ मा दोषी ठहर गरिएको थियो ।
स्मरणीय छ सन् १९७३ देखि १९७७ सम्म पाकिस्तानको प्रधानमन्त्री रहेका जुल्फिकर अलिभुट्टोलाई जियाउल हकले सैनिक शासन लगाए पछि तत्कालिन अदालतको आदेश अनुसार हत्याको अभियोगमा सन् १९७८ मार्च १८ मा मृत्युदण्ड दिइएको थियो । सन १९४७ मा पाकिस्तान स्थापना भएदेखिनैं प्रायः जसो असंवैधानिक तवरबाट सत्ता कब्जा गर्ने र बदलाको राजनीति हँुदै आएको छ । (एजेन्सी)

Next Post

दैलेखमा फल्यो रुद्राक्ष : बजारबारे अनबिज्ञ स्थानीय

१ पुष २०७६, मंगलवार १६:४८
सदरलाइनडटकम, दैलेख  : नेपालको पुर्बी पहाडका जिल्लामा प्रसस्त मात्रामा पाईने रुद्राक्ष दैलेखमा पनि पाईने भएको छ । २०७३ सालमा तत्कालीन जिल्ला विकास समिति र जिल्ला बन कार्यालयको समन्वयमा ३ सय बोट परिक्षणका लागि दैलेखमा ल्याएको रुद्राक्ष अहिले लटरम्म फलेको छ । तत्कालीन जिल्ला बिकास समितिमा कार्यरत स्थानीय बिकास अधिकारी हरि […]