महोत्सवबारे राजनीति दलसँग छलफल

२९ मंसिर २०७६, आईतवार १८:३१
 


सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालन हुने महोत्सवका विषयमा आइतवार राजनीतिक दलसंग छलफल गरिएको छ । आगामी पुष ११ देखि २१ गतेसम्म नेपालगञ्जको सडक विभाग परिसरमा आयोजना हुने महोत्सवलाई सफल पार्न विभिन्न राजनीतिक दलका प्रतिनिधीसँग छलफल गरिएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उपमहानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा नेपालगञ्जको सडक विभाग परिसरमा महोत्सव सञ्चालन हुने छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलको सहकार्यमा मेहनत सृजना उत्पादन र बस्तु, मेरै नेपालको भन्ने मूल नाराका साथ “दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव २०७६” आयोजना गर्न लागिएको हो ।

Next Post

लागुऔषधसहित पाल्पामा दुई पक्राउ

२९ मंसिर २०७६, आईतवार १८:३१
सदरलाइनडटकम, पाल्पा : पाल्पामा ठुलो परिमाणमा लागुऔंषध बरामद भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका वडा नं ३ दोभान पाल्पा बुटवल सडक खण्डको झुम्सामा लागु औंषध सहित दुई जना पक्राउन परेका छन् । बुटवलबाट पाल्पा आउँदै गरेको ग १८ प ८९ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याएको अवस्थामा लागुऔंषध बरामद गरिएको जिल्ला प्रहरी […]