बस दुर्घटनामा परी चौधको मृत्यु, बीस घाइते

२९ मंसिर २०७६, आईतवार १५:००
 

सदरलाइनडटकम,
काठमाण्डौ : भक्तपुरबाट कालिन्चोक रिजर्भ गएर फर्किँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । बा ४ ख ४४६८ नम्बरको बस कालिन्चोक दर्शन गरेर फर्किने क्रममा पाँच किलो भन्ने स्थानमा आइतवार दुर्घटनामा परेको हो ।
दुर्घटनामा १४ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए । उनका अनुसार घाइतेको संख्या एकिन नभएपनि २० जना घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।

Next Post

महोत्सवबारे राजनीति दलसँग छलफल

२९ मंसिर २०७६, आईतवार १५:००
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालन हुने महोत्सवका विषयमा आइतवार राजनीतिक दलसंग छलफल गरिएको छ । आगामी पुष ११ देखि २१ गतेसम्म नेपालगञ्जको सडक विभाग परिसरमा आयोजना हुने महोत्सवलाई सफल पार्न विभिन्न राजनीतिक दलका प्रतिनिधीसँग छलफल गरिएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उपमहानगर नगरसमिति र महिला उद्यमी […]