किशोर किशोरीका लागि आयोजित तीनदिने उद्घोषण तालिम समापन

२८ मंसिर २०७६, शनिबार १६:३८
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  किशोर किशोरीका लागि आयोजित तीनदिने उद्घोषण तथा वक्तृत्व सीप सम्बन्धी तालिम शनिबार नेपालगञ्जमा सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्याक नेपालको आयोजनामा सम्पन्न सो तालिममा बाँकेका सबै स्थानीय तहबाट प्रतिनिधित्व गर्ने २५ जना किशोर किशोरीले सहभागिता जनाएका छन् ।
कार्यक्रमको समापन समारोहमा प्लान इन्टरनेशनल नेपालका संरक्षण संयोजक आशा बुढा, स्याक नेपालका जगदिश थापा, प्रशिक्षक रुद्र सुवेदी, सहभागी दिपक केसी, सिद्धी मिश्रालगायतले तालिमका बारेमा आ–आफ्नो भनाई राखेका थिए ।
बालबिवाह रोकथाम परियोजना अन्तरगत सञ्चालन गरिएको सो तालिममा सञ्चारकर्मीद्वय रुद्र सुवेदी र शंकर खनालले सहजिकरण गरेका थिए ।

Next Post

थापाको अध्यक्षतामा योगिनी युवा क्लब गठन

२८ मंसिर २०७६, शनिबार १६:३८
सदरलाइनडटकम, नेपालगञ्ज : युवा र सामाजिक विकासका क्षेत्रमा काम गर्ने उद्देश्यले योगिनी युवा क्लब गठन गरिएको छ । तरिन्द्र थापाको अध्यक्षतामा शनिवार कार्यसमिति गठन गरिएको हो । कार्यसमितिमा नरेन्द्र भारती र मेनुका नगाललाई उपाध्यक्षमा चयन गरिएको छ । यस्तै महासचिवमा गणेश राई, कोषाध्यक्षमा सुनिल विष्ट, सदस्यहरुमा दिलिप महतारा, राजन निरौला […]