ट्रम्पविरुद्ध दुईवटा महाअभियोग लगाइने

२८ मंसिर २०७६, शनिबार १६:२७
 

सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दुई वटा महाअभियोग लगाइने भएको छ । अमेरिकी संसदको महाअभियोग छानविन समितिले राष्ट्रपति ट्रम्पविरुद्ध दुईवटा महाअभियोगको आरोपलाई अनुमोदन गरेको छ ।
समितिले अनुमोदन गरेसँगै उक्त प्रस्तावलाई पूर्ण मतदाका लागि सदनमा पेश गर्ने बाटो खुलेको हो । उक्त प्रस्ताव संसदको तल्लो सदनमा अर्को हप्ता मतदान हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।
अमेरिकी इतिहासमा महाअभियोगको सामना गर्ने ट्रम्प चौथो राष्ट्रपति बन्नु भएको छ । राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेर युक्रेनमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो विडेनविरुद्ध छानविन गर्न दवाव दिएको आरोप लगाइएको छ । अमेरिकामा विदेशीको सहयोगमा चुनावी प्रतिष्पर्धा गर्नु गैरकानुनी मानिन्छ । (एजेन्सी)

Next Post

किशोर किशोरीका लागि आयोजित तीनदिने उद्घोषण तालिम समापन

२८ मंसिर २०७६, शनिबार १६:२७
सदरलाइनडटकम, नेपालगञ्ज  :  किशोर किशोरीका लागि आयोजित तीनदिने उद्घोषण तथा वक्तृत्व सीप सम्बन्धी तालिम शनिबार नेपालगञ्जमा सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्याक नेपालको आयोजनामा सम्पन्न सो तालिममा बाँकेका सबै स्थानीय तहबाट प्रतिनिधित्व गर्ने २५ जना किशोर किशोरीले सहभागिता जनाएका छन् । कार्यक्रमको समापन समारोहमा प्लान […]