मुगुको रारामा दुई फिट हिउँ जम्यो

  
  प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६       | 119 Views   ||

सदरलाइनडटकम,
मुगु : बिहीवार रातिदेखि उच्च हिमाली बस्ती र शुक्रवार रातिदेखि मुगुको वेशी क्षेत्रमा बाक्लो हिमपात भएको छ । उच्च हिमाली क्षेत्रमा पर्ने मुगु कार्मारोङ गाउँपालिकाका नौवटै वडा, छायानाथ रारा नगरपालिकामा पर्ने रारा विमानस्थल, रारा, मुर्माटप, बाम, तल्लेख, मन्दु, टोप्ला, पिना, घुच्ची खत्याड गाउँपालिकाका जोगीलेख, चाकपाडे, गम्था, र सोरु गाउँपालिकाका सोरुकोट, कालैलेख, धैनलेखमा बाक्लो हिउँ जमेको छ ।
उच्च क्षेत्रमा दोस्रो पटक हिमपात भएको भए पनि सदरमुकामग गमगढीमा यो वर्षको पहिलो पटक बाक्लो हिमपात भएको छ । जनजीवन कस्टकर हिमपातसँगै चिसो अत्यधिक बढेपछि जनजीवन कस्टकर बन्दै गहेको छ । हिमपातका कारण आवतजावतमा असजिलो हुनुका साथै वस्तुभाउलाई समेत चरिचरन गराउन समस्या भएको छ । बाक्लो हिमपातले राराताल आसपासका करिब दुई फिट हिउँ जमेको छायानाथ रारा नगरपालिकाकी नविना रोकायाले बताइन् । मुगुको तापक्रम माइनस ६ डिग्री छ ।
यस्तै बाक्लो हिमपातले कर्णालीका किसानमा खुशियाली छाएको छ । हिमपातले जनजीवन कष्टकर भएपनि खेतीपाती सप्रिने भन्दै किसान खुशी भएका हुन् । हिमपातसँगै किसान खेतबारीमा पस्नेछन् । बाँझोबारीमा गहुँ, जौ, उवाँ, फापरलगायत अन्नबाली लगाउँछन् । कर्णालीको मुख्य फलफुल स्याउ खेतीलाई पनि हिमपातले फाइदा पुर्याएको जानकारहरु बताउँछन् । हिमपात किसानका लागि फाइदाजनक रहेको कृषि ज्ञान केन्द्र मुगुका कार्यालय प्रमुख केबी रोकायाले बताए ।

प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६     4:09:13 PM  |