लागुऔषधसहित रुपईडिहामा एक नेपाली पक्राउ

२६ मंसिर २०७६, बिहीबार १८:३७
 


सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको सीमावर्ती भारतीय बजार रुपईडिहामा एक नेपाली लागु औषध स्म्याकसहित पक्राउ परेका छन् । आदर्श थाना रुपईडिहाले बिहीवार जाँचका क्रममा सुर्खेत सोमोटीका दिपेश सोमईलाई ५० ग्राम लागुऔषध स्म्याकसहित पक्राउ गरेको हो ।
रुपईडिहाका उपनिरीक्षक (सई) शेषमणि पाण्डेको नेतृत्वमा रहेको गस्ती टोलीले बिशेष सुराकीको आधारमा उनलाई पक्राउ गरेको बताइएको छ ।
गस्ती टोलीमा रामप्रसाद, सूरज चौधरी, जितेन्द्रकुमार तथा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का रंजितकुमार, राहुलकुमार, बिमलकुमारको संयुक्त टोलीले एसएसबी चेकपोष्टबाट सोमईलाई पक्राउ गरेको हो । सोमईलाई आवश्यक कारवाहीका लागि बहराईच चलान गरिएको रुपईडिहा प्रहरीले जनाएको छ ।

Next Post

क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता स्थगित

२६ मंसिर २०७६, बिहीबार १८:३७
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा जारी ११ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता स्थगित गरिएको छ । शुक्रवार बिहानदेखि वर्षात भएपछि अर्को सूचना नआएसम्मका लागि क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता स्थगित गरिएको क्रिसाका अध्यक्ष शिव प्रसाद डाँगीले जानकारी दिएका छन् । प्रतियोगिताको शुक्रवार समापन गर्ने कार्यक्रम थियो । तर वर्षाका कारण […]