भेरी अस्पतालमा राज्य मन्त्री रावतद्वारा निरीक्षण

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर २४, २०७६       | 232 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले नेपालगञ्जस्थित भेरी अस्पताल सुधारका लागि सरसफाईबाट शुरुवात गर्न आग्रह गरेका छन् । अस्पतालको शौचालयलगायत अन्य सुधारका कार्य गरेर अस्पताल सुधारको शुरुवात गर्न राज्यमन्त्री रावतले आग्रह गरे ।
नेपालगञ्जस्थित भेरी अस्पतालको मंगलवार स्थलगत अनुगमन तथा निरीक्षणपछि राज्यमन्त्री रावतले कर्मचारी समायोजनमा समस्या देखिएको भन्दै सरकारले खटाएको स्वास्थ्य संस्थामा चिकित्सक र स्वास्थ्यकर्मी जानैपर्ने बताए ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुपानन्द अधिकारीले अस्पतालमा पर्याप्त भौतिक संरचना र दरबन्दीको अभाव भएको जानकारी गराए । राज्यमन्त्री रावतले अस्पतालका विभिन्न वार्डको अनुगमन गरि विरामीसँग समेत स्वास्थ्य उपचार सेवाबारे प्रतिक्रिया लिएका थिए ।

प्रकाशित मितिः मङ्लबार, मंसिर २४, २०७६     6:20:59 PM  |