अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइयो

२४ मंसिर २०७६, मंगलवार १७:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : १० डिसेम्बर २०१९ आज ७१ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस बाँके र बर्दियामा विभिन्न कार्यक्रम गरि मनाइएको छ । पारस्परिक जवाफदेहिता परियोजना मानव अधिकार सुदृढिकरण कार्यक्रमको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले बाँकेको डुडुवा गाउँपालिकामा दिवसका अवसरमा मंगलवार बृहद् र्याली निकालेको छ ।
डुडुवा वार्ड नंं २ को कार्यालयबाट शुरु भएको र्यालीले स्थानीय बेतहनी बजार तथा गाउँको परिक्रमा गरि पुनः वडा कार्यालयमा पुगेर अन्तरक्रियामा परिणत भएको थियो । कार्यक्रममा हिंसा निगरानी समुहका संयोजक लिलावती यादवले मधेशी समुदायका अभिभावकले आफ्ना बालबालिकालाई नियमितरुपमा विद्यालय नपठाउने, बाल विवाह, कुटपिट, दाइजो जस्ता सामाजिक समस्याले पछि आएर मानव अधिकारसंग जोडेर ठुलो समस्या आउने गरेको बताइन् ।
उनले छोरीको विवाह गर्दा दिने दाइजोको रकमले बालिकाको भविष्य बनाउन राम्रो शिक्षा दिनुपर्ने जोड दिँदै शिक्षित बालिका आफै सिप सिकेर स्वरोजगार हुने बताइन् । स्थानीय महिला अगुवा भागीरथी चन्दले मधेशी समुदायभित्र रहेका मानव अधिकारसम्वन्धी सवालहरु बाहिर नआउने भएकाले त्यस्ता समस्याको पहिचान गर्नुपर्नेमा जोड दिँदै न्यायका लागि ती सवाल उठाउनमा सबैको सहयोग हुनुपर्नेमा जोड दिए ।
स्थानीय अगुवा मिनबहादुर थापाले आफ्ना घरभित्रै भईरहेका विभिन्न हिंसाका घटनाहरुको अन्त्य गर्नुपर्नेमा जोड दिदै त्यसको लागि सबैले सहयोग गर्ने बताए । धु्रबराज शर्माले मानव अधिकारको क्षेत्र फराकिलो भएकाले सामाजमा हुने विभिन्न किसिमका बिभेद बारे सचेतना फैलाई त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको हिँसा निगरानी समुहका सचिव उदयराज जायसवालले सञ्चालन गरेको कार्यक्रममा स्थानीय, आमा समुह, महिला स्वास्थ्य स्वयम्सेविका, अगुवा, सामुदायिक मेलमिलापकर्ता गरि करिब १ सय बढीको सहभागिता रहेको संस्थाका कार्यक्रम संयोजक टेकनाथ आचार्यले बताए ।
यसैविच बर्दियाको बढैयाताल गाउँपालिकामा नागरिक प्रतिद्धता र्याली निकालिएको छ । रयालीले बढैयातालको वार्ड नंं ६ अन्र्तगत विभिन्न टोलको परिक्रमा गरि अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा समुदायस्तरमा हुने विभिन्न घटनाको पहिचान गरि मानवअधिकार संरक्षण तथा प्रबद्र्धनका लागि स्थानीय तहको भुमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।
यसैगरि नेपालगञ्जमा जिल्लास्थित विभिन्न संघसंस्थाको सहकार्यमा राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जको अयोजनामा मानवअधिकार संरक्षण र प्रबद्र्धनमा स्थानीय तह र सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रदेश नं. ५ का बन बाताबरण तथा कृषि समितिका संयोजक विजयबहादुर यादवले मानवअधिकारका सवाल हरेक नागरिकसंग जोडिएकाले यो विषय अति नै सम्बेदनशिल भएको भन्दै प्रदेशले मानवअधिकारका बारेमा निति निमार्ण गर्न लागेको जानकारी गराउँदै सो कार्यका लागि आफुले विशेष पहल गर्ने प्रतिबद्धता जनाए ।
आयोग नेपालगञ्ज कार्यालय प्रमुख चन्द्रकान्त चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल, सहायक प्रमुख जिल्ला अधिकार कृष्णकान्त उपाध्याय, महिला उद्यमी ताराकुमारी खत्री, एकल महिलाको तर्फबाट शोभा बिसी, नेत्रहिन संघबाट भाबुक जंग थापा, अधिकारकर्मी भोला महत, प्रकाश उपाध्यायलगायतले बोलेका थिए ।

Next Post

भेरी अस्पतालमा राज्य मन्त्री रावतद्वारा निरीक्षण

२४ मंसिर २०७६, मंगलवार १७:५०
सदरलाइनडटकम, नेपालगञ्ज : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले नेपालगञ्जस्थित भेरी अस्पताल सुधारका लागि सरसफाईबाट शुरुवात गर्न आग्रह गरेका छन् । अस्पतालको शौचालयलगायत अन्य सुधारका कार्य गरेर अस्पताल सुधारको शुरुवात गर्न राज्यमन्त्री रावतले आग्रह गरे । नेपालगञ्जस्थित भेरी अस्पतालको मंगलवार स्थलगत अनुगमन तथा निरीक्षणपछि राज्यमन्त्री रावतले कर्मचारी समायोजनमा समस्या देखिएको […]