खजुरा क्यान्सर अस्पताल प्राथमिकतामा छ : स्वास्थ्य राज्यमन्त्री रावत

  ।   २३ मंसिर २०७६, सोमबार १९:२८


सदरलाइनडटकम,
खजुरा (बाँके)  : स्वास्थ्य  राज्यमन्त्री नवराज रावतले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सोमबार अबलोकन गरेका छन् ।

उनले अस्पतालको समस्या समाधान गर्न पहल गर्ने बताउदै जनशक्ति अभावलाई पूरा गरिने प्रतिबद्धता गरे । उनले क्यान्सर अस्पतालको मन्त्रालयमा रोकिएको फाइल आफै खोजेर काम गर्ने बताए ।

मन्त्रीरावतले अस्पतालको बिकासका लागि आफू र मन्त्रालयले पहिलो प्राथमिकतामा राख्ने बताए खजुरा गाउँ पालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले सञ्चालनमा आइसकेको तर कर्मचारी दरबन्दी र केही उपकरणहरु समेत पुरा नभएकाले यि सबै कुरा परिपुर्ति गर्दे अस्पताललाई पुर्णरुपमा सन्चालन गर्न पहल गरिदिन आग्रह गरे ।

अवलोकनमा पुगेका मन्त्री रावतलाई उपाध्यक्ष एकमाया बिक, वडा अध्यक्षहरु, समाजसेवी , ब्यापारी, अस्पताल समिति, कर्मचारी लगायतले स्वागत गरेका थिए ।

Next Post

अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइयो

२३ मंसिर २०७६, सोमबार १९:२८
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : १० डिसेम्बर २०१९ आज ७१ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस बाँके र बर्दियामा विभिन्न कार्यक्रम गरि मनाइएको छ । पारस्परिक जवाफदेहिता परियोजना मानव अधिकार सुदृढिकरण कार्यक्रमको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले बाँकेको डुडुवा गाउँपालिकामा दिवसका अवसरमा मंगलवार बृहद् र्याली निकालेको छ । डुडुवा […]