भ्रष्टाचार नगर्ने प्रतिबद्धतासहित ज्ञापन पत्र

२३ मंसिर २०७६, सोमबार १८:४२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : भ्रष्टाचार गर्दैनौं र सहँदैनौ भन्ने प्रतिबद्धतासहित जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापन पत्र बुझाइएको छ । अन्तर्राष्ट्रिय भ्रष्टाचार बिरुद्धको दिवस २०१९ को अवसरमा सोमवार नेपालगञ्जका सर्वसाधारणले हस्ताक्षरसहितको प्रतिबद्धता बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई बुझाएका हुन् ।
सो अवसरमा जिल्ला प्रशासन कार्यालय बाँकेमा दिउँसो सर्वसाधारण तथा बिभिन्न पेशागत संघ संगठनका व्यक्तिहरु जम्मा भएर प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । सूचना र मानव अधिकार, अनुसन्धान केन्द्र नेपालगञ्जको अगुवाईमा सो दिवस मनाइएको हो ।
नेपाल भ्रष्टाचारको १२४औं स्थानमा रहेको छ । २०६४ सालदेखि यताको तथ्याँक हेर्ने हो भने तीन आर्थिक वर्षमा बढि भ्रष्टाचार भएको देखिन्छ । आर्थिक वर्ष २०६९/०७०, आर्थिक वर्ष २०७३/०७४ र आर्थिक वर्ष २०७४/०७५ मा नेपालमा सबैभन्दा बढि भ्रष्टाचार भएको छ । यी वर्षहरुमा ३१ प्रतिशत भ्रष्टाचार भएको नेपालमा भ्रष्टाचार र सुशासनको अवस्था सम्बन्धि अध्ययन २०७५ मा उल्लेख छ ।
जसअनुसार सबैभन्दा बढि राजनैतिक दलहरुले ९० प्रतिशत भ्रष्टाचार गरेका छन् । नेपालमा प्रत्येक वर्ष ९ तारिखमा अन्तर्राष्ट्रिय भ्रष्टाचार दिवस मनाउने गरिएको छ । सन २००३ मा संयुक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार बिरुद्धको दिनलाई मनाउने निर्णय अनुसार यो दिवस मनाउन थालिएको हो ।

Next Post

खजुरा क्यान्सर अस्पताल प्राथमिकतामा छ : स्वास्थ्य राज्यमन्त्री रावत

२३ मंसिर २०७६, सोमबार १८:४२
सदरलाइनडटकम, खजुरा (बाँके)  : स्वास्थ्य  राज्यमन्त्री नवराज रावतले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सोमबार अबलोकन गरेका छन् । उनले अस्पतालको समस्या समाधान गर्न पहल गर्ने बताउदै जनशक्ति अभावलाई पूरा गरिने प्रतिबद्धता गरे । उनले क्यान्सर अस्पतालको मन्त्रालयमा रोकिएको फाइल आफै खोजेर काम गर्ने बताए । मन्त्रीरावतले अस्पतालको बिकासका लागि आफू […]

सम्बन्धित