नेकपा सचेतक चौधरीको घरमा चोरी

२३ मंसिर २०७६, सोमबार १८:३३
 

सदरलाइनडटकम,
दाङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचेतक शान्ता चौधरीको घरमा चोरी भएको छ । घरमा कोही नभएको समयमा चोरले घरको मुलगेट, ढोकाको ताला फोडेर भित्र पसेर चोरी गरेको सचेतक चौधरीका स्वकीय सचिव सन्तोष दहितले बताए ।
नेता चौधरीका आफन्तहरुले सोमवार घरमा गएको समयमा गेटको ताला फोडिएको देखेपछि भित्र पस्दा घर भित्र रहेका दराजहरुको समेत ताला फोडेर सरसामान छरफस्ट अवस्थामा भेटेको चौधरीले जानकारी दिए । घटनालगत्तै नेता चौधरीका आफन्तहरुले प्रहरीलाई खवर गरेका थिए ।
चुनावको मतगणना सकिलगत्तै नेता चौधरी एक साता अघि काठमाण्डौ गएको हुँदा उनको घरमा कोही थिएनन् । नेता चौधरी अहिले घर नभएको हुँदा के–के सरसामान घरमा थिए र के कस्ता वस्तु चोरी भए भन्ने बारेमा थाहा हुन नसकेको चौधरीका स्वकिय सचिव दहितले जानकारी दिएका छन् । यस्तै घरमा कहिले चोर पसेको हो भन्ने बारेमा पनि जानकारी आउन सकेको छैन ।

Next Post

भ्रष्टाचार नगर्ने प्रतिबद्धतासहित ज्ञापन पत्र

२३ मंसिर २०७६, सोमबार १८:३३
सदरलाइनडटकम, नेपालगञ्ज : भ्रष्टाचार गर्दैनौं र सहँदैनौ भन्ने प्रतिबद्धतासहित जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापन पत्र बुझाइएको छ । अन्तर्राष्ट्रिय भ्रष्टाचार बिरुद्धको दिवस २०१९ को अवसरमा सोमवार नेपालगञ्जका सर्वसाधारणले हस्ताक्षरसहितको प्रतिबद्धता बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई बुझाएका हुन् । सो अवसरमा जिल्ला प्रशासन कार्यालय बाँकेमा दिउँसो सर्वसाधारण तथा बिभिन्न […]