एम्बुलेन्स र ट्रक ठोकिदा तीनदिने शिशुको मृत्यु, तीन घाइते

२१ मंसिर २०७६, शनिबार १६:०८
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके)   : पूर्वपश्चिम राजमार्गको राप्तीसोनारी गाउपालिका वडानं.२ जिरो पोईन्ट नजिकै एम्बुलेन्स र ट्रक एक आपसमा ठोकिदा तीनदिनको शिशुको मृत्यु हुनुको साथै ३ जना घाइते भएका छन् ।
शनिबार दिउसो १ः४० बजे नेपालगन्जदेखि दाङतर्फ बिरामी लिएर जाँदै गरेको रा १ झ १६१ नं. एम्बुलेन्स र बिपरित दिशाबाट आईरहेको ना ८ ख ५४३२ नं. को ट्रक एक आपसमा ठोकिएर दुर्घटना हुँदा एम्बुलेन्समा सवार तीनदिनको शिशु बालकको घटनास्थल मै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक हस्तबहादुर सुनारले जानकारी दिए ।
प्रहरी निरिक्षक सुनारले दिएको जानकारी अनुसार सल्यान छत्रेश्वरी–१ का २८ वर्षिय चित्रबहादुर सुनार, दाङ दंङ्गिशरण–५ का ३६ वर्षिय तिलकराम खड्का र तिलकराम कै पत्नी २४ वर्षिया मालती खड्का घाइते घाइते भएका हुन । उनीहरु सबैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको भई रहेको छ ।
मृतक शिशुको शव मेडिकल कलेज कोहलपुरमा रहेको छ । एम्बुलेन्स, ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ ।

Next Post

सडक दुर्घटना हुँदा दाङमा एकको मृत्यु

२१ मंसिर २०७६, शनिबार १६:०८
सदरलाइनडटकम, दाङ : सडक दुर्घटनामा परि दाङमा एकजनाको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडक खण्डको घोराही–११ खैरा चोकमा भएको सडक दुर्घटनामा परि घोराही–८ निवासी १९ वर्षीय मोटरसाइकल चालक रेशम वलीको मृत्यु भएको हो । तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा २ प ९३५० नम्वरको मोटरसाइकल खैरा चोकमा रोकी राखेको रा १ […]

सम्बन्धित