सदरलाइनडटकम,
डुडुवा (बाँके) : १६औ महिला स्वास्थ्य स्वयंसेविका दिवस बिहीवार बाँकेको डुडुवा गाउँपालिकामा मनाइएको छ । गाउँपालिकास्तीरय आयोजित कार्यक्रममा समुदायस्तरमा स्वयंसेवी मानवीयताको भावनाले काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकाको काम र जिम्मेवारी निकै महत्वपुर्ण भएको सहभागिहरुले बताएका थिए । स्वास्थ्य स्वयंसेविकाहरुले दिनरात समुदायस्तरमा स्वास्थ्यका क्षेत्रमा खटिएर काम गरिरहेका छन् ।
गाउँपालिकाले उनीहरुको कामको मुल्याकंन गर्दै आगामी वर्षदेखि प्रत्येक स्वयंसेविकालाई आवात जावतमा सहजताका लागि साइकिल प्रदान गर्ने योजना रहेको अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनले स्वयंसेविकाहरुको भुमिका जस्तै रहेका आमा समुहरुलाई समेत सक्रिय बनाइ स्वास्थ्य शिक्षालाई व्यापकता दिने प्रतिबद्धता जनाए ।
गाउँपालिकाअन्तर्गत रहेका ६ वटा वडामा ५९ जना महिला स्वास्थ्य स्ेवयंसेविकाहरु कार्यरत रहेका छन् । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्ष गजेन्द्र कैराती, स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई विभिन्न प्रतियोगिता समेत गराइएको थियो ।