ट्रकको ठक्करबाट बाँकेमा दुई जनाको मृत्यु

  
  प्रकाशित मितिः बुधबार, मंसिर १८, २०७६       | 169 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : मिनिट्रकले ठक्कर दिँदा बाँकेमा २ जनाको मृत्यु भएको छ । नेपालगञ्जको ग्यालेसी दरवार होटल नजिक बुधवार दिउँसो करीब पौने दुई बजे साइकलमा सवार दुई जनालाई भे १ ख २८४७ नम्बरको मिनिट्रकले ठक्कर दिएको थियो ।
ठक्करबाट दलबहादुर रावलको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । नेपालगञ्ज १५ बस्ते ३८ वर्षीय रावलको घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित मितिः बुधबार, मंसिर १८, २०७६     5:39:09 PM  |