बागलुङ जीप दुर्घटना : मृतक सबैको परिचय खुल्यो

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर १७, २०७६       | 102 Views   ||

सदरलाइनडटकम,
बागलुङ : बागलुङको बडिगाडमा जीप दुर्घटनामा मृतक १४ जनाकै परिचय खुलेको छ । मृतक जीप चालक गुल्मीको इश्मा गाउँपालिका ५ का २५ वर्षीय रेशम थापासहित माया थापा, बसुन्धरा कार्की, इश्मा ४ का ४० वर्षीया सिता कार्की, उनकी २ वर्षकी छोरी अनुसा कार्की, ६५ वर्षीय झवि कार्की, ४० वर्षका महेन्द्र कार्की, भूमि कार्की, सूचना कार्की, २५ वर्षीया मिना बस्नेत छन् ।
यस्तै, गुल्मीको इश्मा गाउँपालिका ४ का ६५ वर्षीय धनबहादुर कार्की, नवलपरासी बर्दघाट नगरपालिका १ का ६० वर्षीय मुमा कार्की, बागलुङ बडिगाड गाउँपालिका ७ का ५५ वर्षीया नरमाया खत्री र कञ्चनपुरका ५५ वर्षका धनबहादुर कार्कीको पनि दुर्घटना ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते हुनेहरुमा नवलपरासी बर्दघाट नगरपालिका २ बस्ने २१ वर्षीय जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका ४ बस्ने मृतक सूचना कार्कीका ४ वर्षीय छोरा हिमाल कार्की र २४ वर्षीया निमा केसी रहेका छन् ।
नाबालक हिमाल र निमाको अवस्था गम्भीर छ । घाइते तिनै जनालाई ढोरपाट स्थित बुर्तिबाङ अस्पतालमा सामान्य उपचारपश्चात हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाण्डौ पठाइएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए ।
गुल्मीको इश्मा गाउँपालिका ५ दोहोली रिप कैयापाटाबाट कूल पूजाका लागि बागलुङको निसीखोला गाउँपालिकाका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा पर्ने बागलुङको बडीगाड गाउँपालिका–७ मा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, मंसिर १७, २०७६     5:31:04 PM  |