नेपालगञ्जमा एक युवकको शव भेटियो

१७ मंसिर २०७६, मंगलवार १६:५८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा एक युवक मृत अवस्थामा भेटिएका छन् । नेपालगञ्ज उपमहानगरपालिका ४ गणेशपुरमा एक युवक मंगलवार विहान मृत अवस्थामा भेटिएका हुन् । कोही नबस्ने एक घरमा सोही ठाउँकै अन्दाजी ३१ वर्षीय रत्न शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
शाही लागुऔषध सेवनकर्ता रहेको र अधिक मात्रामा लागुऔषध सेवन गरेका कारण उनको मृत्यु भएको हुनसक्ने बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिँहले बताए । शवबारे अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए । शव कुहिएको अवस्था रहेको बताइएको छ ।

Next Post

बागलुङ जीप दुर्घटना : मृतक सबैको परिचय खुल्यो

१७ मंसिर २०७६, मंगलवार १६:५८
सदरलाइनडटकम, बागलुङ : बागलुङको बडिगाडमा जीप दुर्घटनामा मृतक १४ जनाकै परिचय खुलेको छ । मृतक जीप चालक गुल्मीको इश्मा गाउँपालिका ५ का २५ वर्षीय रेशम थापासहित माया थापा, बसुन्धरा कार्की, इश्मा ४ का ४० वर्षीया सिता कार्की, उनकी २ वर्षकी छोरी अनुसा कार्की, ६५ वर्षीय झवि कार्की, ४० वर्षका महेन्द्र […]

सम्बन्धित