बाग्लुङमा जीप दुर्घटना हुँदा चौध जनाको मृत्यु

१७ मंसिर २०७६, मंगलवार १३:४८
 


सदरलाइनडटकम,
बाग्लुङ : बाग्लुङको बडिगाडमा गाडी दुर्घट्ना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीको तम्घासबाट बाग्लुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिएका छन् ।
खड्काका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ । दुर्घटनामा गुल्मीका नौं महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो ।
उनीहरुको पहिचान भने खुल्न सकेको छैन । तीन जना गम्भीर घाइतेलाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ पठाईएको छ ।

Next Post

प्रहरीमा सरुवा–बढुवाको दौडधुप सुरु

१७ मंसिर २०७६, मंगलवार १३:४८
सदरलाइनडटकम, काठमाण्डौं   : उपनिर्वाचनको आचारसंहिताका कारण प्रभावित भएको नेपाल प्रहरीको सरुवा बढुवाको प्रक्रिया सुरु भएको छ । निर्वाचनको चटारो सकिएलगत्तै गृह मन्त्रालयले ठूलो संख्यामा प्रहरी अधिकारीको बढुवाको तयारी थालेको छ । गत ७ असोजको मन्त्रिपरिषद्को बैठकले प्रहरीको तीन हजार पाँच सय ९६ दरबन्दी थप नयाँ दरबन्दी स्वीकृत गरेसँगै ठूलो संख्यामा […]