हत्या आशंका गर्दै शुष्म अनुसंधान गर्न आग्रह

१७ मंसिर २०७६, मंगलवार १३:३४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : गत कात्तिक २० गते मृत अवस्थामा भेटिएका नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरका सतेन्द्र विसीको हत्या नै भएको परिवारले दावी गरेको छ ।
नेपालगञ्ज खजुरा सडकखण्ड अन्तरगत जानकी गाउँपालिका–३ को सडक छेउमा विसीको शव कात्तिक २० गते विहान भेटिएको थियो । बाँके प्रहरीले सवारी साधनको ठक्करबाट विसीको ज्यान गएकोे बताए पनि घटना रहस्यमय भएको परिवारको दावी छ ।
घटनाको करिव एक महिनापछि मृतक विसीकी पत्नी जानकी विसीले मंगलवार नेपालगञ्जका सन्चारकर्मीसँग कुरा गर्दै घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको दुखेसो पोखिने । मृत्यु हुनु भन्दा अघिल्लो दिनसम्म परिवारकै सम्पर्कमा रहेको व्यक्ति भोलीपल्ट त्यस्तो अवस्थामा भेटिनु रहस्यमय भएको जानकीको भनाइ छ । जग्गाको कारोवार गर्ने विसी १९ गते सुर्खेत जान्छु भनेर घरबाट हिडेको जानकीले बताईन । गाडीले ठक्कर दिएको भए शरिरका अन्य ठाउँमा पनि चोट लाग्नु पर्ने हो तर त्यस्तो नदेखिएको तर, टाउकोमा पछाडिबाट हानेको जस्तो चोट भएको भन्दै उनले हत्या नै भएको दावी गरिन ।
प्रहरीले पोष्टमार्टम रिपोर्टमा टाउकोमा चोट लागेको देखाएको जनाएको छ । बाँकेका प्रहरी प्रमुख एसपी बीरबहादुर ओलीले घटनालाई आफुहरुले गम्भीरताका साथ लिएको भन्दै अनुसन्धान भइरहेको जानकारी दिए । परिवारजनले भने प्रहरीको अनुसन्धान प्रभावकारी नभएको गुनासो गरेका छन् । घटना भएको महिना दिन वित्नै लाग्दा समेत प्रहरीले कुनै चासो नदिएको विसीकी पत्नी जानकीको गुनासो छ ।

Next Post

बाग्लुङमा जीप दुर्घटना हुँदा चौध जनाको मृत्यु

१७ मंसिर २०७६, मंगलवार १३:३४
सदरलाइनडटकम, बाग्लुङ : बाग्लुङको बडिगाडमा गाडी दुर्घट्ना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीको तम्घासबाट बाग्लुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिएका छन् । खड्काका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने […]

सम्बन्धित