‘साग’ पदकतालिकामा नेपाल शीर्ष स्थानमा

१६ मंसिर २०७६, सोमबार १६:१२
 

सदरलाइनडटकम,
काठमाण्डौ : १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म १० वटा स्वर्णपदक जितेको छ । नेपालले करातेमा ५, तेक्वान्दोमा ४ तथा ट्रायथलनमा १ स्वर्णपदक जितेको छ ।
नेपालले दुईवटा रजतपदक पनि हासिल गरेको छ । त्यसैगरी, भारतले ट्रायथलनमा, पाकिस्तानले करातेमा, श्रीलंकाले तेक्वान्दोमा र बंगलादेशले तेक्वान्दोमा एकएक स्वर्णपदक जितेका छन् ।

Next Post

अछामको छाउगोठमा महिलाको मृत्यु

१६ मंसिर २०७६, सोमबार १६:१२
सदरलाइनडटकम, अछाम : अछामको साँफेबगरमा महिनावारी भएकी एक महिलाको छाउपडी गोठमा मृत्यु भएको छ । साँफेबगर नगरपालिका– ३ सिद्धेश्वर डिक्रेनिमा २१ वर्षीया पार्वती बुढा रावतको मृत्यु भएको इलाका प्रहरी कार्यालय साँफेवगरका प्रहरी निरीक्षक नरपती भट्टले जानकारी दिए । मेल्लेख गाउँपालिका–७ नन्देगडा माइती भएकी पार्वतीको १८ महिना पहिला विवाह भएको थियो […]