डुडुवामा हिंसा निगरानी समुह गठन

१५ मंसिर २०७६, आईतवार १६:४८
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : समुदायस्तरमा मानव अधिकारका सवाललाई पहिचान गरि उक्त सवालमा स्थानीय तहको भुमिकालाई प्रभावकारी बनाउन पहल थालिएको छ । समुदायस्तरमा रहेका मानव अधिकार सम्वन्धी विभिन्न सवालको पहिचान गरि पिडितका समस्या समाधान गर्न बाँकेको डुडुवा गाउँपालिकामा हिंसा निगरानी समुह निर्माण गरिएको छ ।
पारस्परिक जवाफदेहिता परियोजना मानव अधिकार सुदृढिकरणअन्तर्गत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जको पहलमा गाउँपालिकास्तरीय निगरानी समुह गठन गरिएको हो । आज आइतबार नेपालगञ्जमा आयोजित एक कार्यक्रमका विच कार्यपालिका सदस्य लिलावती यादवको संयोजकत्वमा २५ सदस्यीय समुह निमार्ण भएको हो । समुहको सहसंयोजक स्थानीय अगुवा मिनबहादुर थापा, सचिवमा युवा उदयराज जायसवाल चयन भएका छन् ।
गठित समूहले गाउँपालिकाअन्तर्गत मानव अधिकारसंग सम्वन्धित विभिन्न सवालहरुको खोजी गर्ने, पहिचान गर्ने, घटना दर्ता गर्ने, घटनाको प्रकृति छुट्टायाउने, बैठक बसेर छलफल गर्ने र घटना र सवालको प्रकृति अनुसार कानूनी प्रक्रियाका लागि स्थानीय तहमा पठाउने तथा आवश्यक परामर्शका लागि सहजीकरण गर्नेछ । कार्यक्रमको समापनमा गाउँपालिका उपाध्यक्ष साहिदा बानोले यो कार्यक्रम गाउँपालिकाका लागि निकै राम्रो भएकाले नागरिकको मानव अधिकारको अवस्थामा सुधार आउने विश्वास ब्यक्त गरिन् ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धिताल, पालिका सदस्य रिता परियार, संस्थाका अध्यक्ष विश्वजीत तिवारी, तेस्रोलिंगी नन्कई बर्मा लगायतले बोलेका थिए । कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक राकेश कुमार मिश्रले परियोजनाबारे जानकारी गराएका थिए भने कार्यक्रम संयोजक टेकनाथ आचार्यले हिंसा निगरानी समुहको काम कर्तव्य अधिकार र अन्य गतिबिधीहरुका बारेमा उल्लेख गरेका थिए ।
संस्थाले बर्दियाको बढैयाताल र बाँकेको डुडुवा गाउँपालिकालाई मानव अधिकार मैत्री नमूना गाउँपालिका बनाउन स्थानीय तहमा मानव अधिकार प्रबद्र्धन तथा कार्यान्वयन परियोजना शुरु गरेको छ ।

Next Post

भारतमा पैसा चोरेका व्यक्ति दाङबाट पक्राउ

१५ मंसिर २०७६, आईतवार १६:४८
सदरलाइनडटकम, दाङ : भरतबाट पैसा चोरेर फरार दाङका एक व्यक्ति पक्राउ परेका छन् । भारतको हरियाणाबाट चोरी गरी फरार रहेका घोराही उपमहानगरपालिका–१२ रतनपुर टिकरीका बिशाल भन्ने गोकर्ण बहादुर विक पक्राउ परेको प्रहरीले बताएको छ । विकलाई १३ लाख ९१ हजार १ सय ७० रुपैंया भारतीय र ७७ हजार नेपाली नोटसहित […]