योग समिति नेपालको अध्यक्षमा भट्टराई

१४ मंसिर २०७६, शनिबार १५:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : योग समिति नेपालको नयाँ नेतृत्व चयन गरिएको छ । नियमित योग प्रशिक्षणलगायत गतिविधि गर्दै आएको योग समितिको शनिवार नेपालगञ्जमा सम्पन्न प्रथम भेला तथा अधिवेशनले गिरीराज भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसहमत निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुनिलकुमार गुप्ता, लोकमाया सुवेदी(सुमित्रा), सचिवमा निर्मला शाह, सहसचिवमा जगदिशचन्द्र तिमिल्सेना, कोषाध्यक्षमा अम्विका कोइराला र सहकोषाध्यक्षमा निराजन शाह रहेका छन् । मिना न्यौपाने, मन्दिरा शर्मा, जया चन्द, शालिकराम खनाल, लक्ष्मी विष्ट र सन्तोष राढ सदस्मा चयन भएका छन् ।
पदाधिकारी र सदस्यहरुलाई निर्वाचन अधिकृत एवं सल्लाहकार विश्वजित तिवारीले शपथ ग्रहण गराउँदै प्रमाण पत्र प्रदान गरे । यसअघि उद्घाटन सत्रका प्रमुख अतिथि एवं नेपालगञ्ज उद्योग वाणीज्य संघका अध्यक्ष नन्दलाल वैश्यले योगले आध्यात्मिक ज्ञानसँगै स्वस्थ रहन मदत गर्ने भन्दै यसको थप व्यापकताबारे प्रचारप्रसार गर्नुपर्ने आवश्यक्ता औल्याए ।



यस्तै कार्यक्रमका विशिष्ठ अतिथि एवं बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले योगलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । पत्रकार महासंघ प्रदेश नं. ५ का सचिव शुक्रऋषि चौलागाईले योगलाई संस्थागत विकाससँगै गाउँस्तरमा पनि विकास गर्न आवश्यक रहेको सुझाव दिए ।
नवनिर्वाचित उपाध्यक्ष सुनिल कुमार गुप्ताद्वारा स्वागत गरिएको कार्यक्रममा जिल्ला अदालत बर्दियाका श्रेस्तेदार राजेन्द्र प्रसाद भट्टराई, योग समितिका सहकोषाध्यक्ष एवं राजनीतिकर्मी राजन रानामगर, समितिका सल्लाहकार एवं अधिवक्ता तिवारीलगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा विशिष्ठ योगदान पुर्याउने सहायक प्रमुख जिल्ला अधिकारी उपाध्याय, श्रेष्तेदार भट्टराई, अधिवक्ता तिवारी, नेपालगञ्ज वडा नं. १३ का वडाध्यक्ष बिरेन्द्रबहादुर शाह, वडा नं. ८ का अध्यक्ष सुरेन्द्र गुप्ता, वडा नं. ९ का अध्यक्ष विष्णु लामा, राजन रानामगर, नन्दलाल वैश्य, निर्मला शाह र अम्विका कोइरालालाई सम्मान गरिएको थियो ।

Next Post

कोहलपुरमा शान्तिपूर्वक मतदान जारी

१४ मंसिर २०७६, शनिबार १५:३९
सदरलाइनडटकम, कोहलपुर (बाँके)  :  बाँकेको कोहलपुर–६ मा वडाध्यक्ष पदका लागि भएको  मतदानमा  दिउसो ३ बजेसम्म ७०.७७ प्रतिशत मत खसेको  छ । सो वडामा २०२६ मतदाता रहेको कोहलपुर नगरपालिकाको वडा नं. ६ मा वडाध्यक्षका लागि मतदान भइरहेको हो । कडा सुरक्षा घेरामा मतदान भइरहेको छ । जिल्लामा एक ठाउँमा मात्रै मतदान […]