दैलेखमा गाडी दुर्घटना, तीनको मृत्यु

  
  प्रकाशित मितिः शुक्रबार, मंसिर १३, २०७६       | 78 Views   ||

सदरलाइनडटकम,
दैलेख : दैलेखको मुङ्ग्राहामा गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । गुराँस गाउँपािलका–४ मुङ्ग्राहामा भे १ ज १०२९ नम्बरको गाडी दुर्घटना भएको हो ।
सुर्खेतबाट दैलेखका लागि छुटेको गाडी शुक्रवार मध्यान्ह दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको छ । मृत्यु हुनेको नाम खुलेको छैन ।

प्रकाशित मितिः शुक्रबार, मंसिर १३, २०७६     4:41:38 PM  |