नरैनापुरको शिक्षामा सुधार ल्याउन प्रधानाध्यापकहरु प्रतिबद्ध

१२ मंसिर २०७६, बिहीबार १७:३९
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) :  नरैनापुरको शैक्षिक अवस्थामा सुधार ल्याउनका लागि प्रधानाध्यापकहरुले प्रतिबद्धता जनाएका छन । शिक्षा, युवा तथा खेलकुद शाखा नरैनापुरले आयोजना गरेको कार्यक्रमको समापनका अवसरमा प्रधानाध्यापकहरुले अबका दिनहरुमा सँख्यात्मक रुपमा मात्र नभएर गुणात्मक रुपमा सुधार ल्याउन प्रतिबद्धता जनाएका हुन ।
गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत दल बहादुर बस्नेतले उनीहरुलाई शिक्षामा सुधार ल्याउन हामी प्रतिबद्ध छौ भनेर सामुहिक रुपमा बचनबद्ध गराएका थिए ।
शिक्षा,युवा तथा खेलकुद शाखा नरैनापुरले आयोजना गरेको प्रधानाध्यापक र कर्मचारीहरुको क्षमता अभिबृद्धि बारे अभिमुखीकरणको समापनका बेला सो बचनबद्धता गराईएको शिक्षा साखा प्रमुख लक्ष्मीकान्त मिश्रले बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले अब लापरवाही गर्ने शिक्षक र प्रधानाध्यापकलाई कसैले जोगाउन नसक्ने बताए । कार्यक्रममाबोल्दै समन्वय समितिका प्रमुख श्रीवास्तवले भने, हिजो जस्तो अवस्था अब छैन, जतिखेर जुन स्कुलमा पनि निरिक्षण आउन सक्छ त्यही भएर शिक्षक सुध्रिनुको बिकल्प छैन । शिक्षा बिकास समन्वय ईकाई प्रमुख राम सुरेश यादवले प्रधानाध्यापकले चाहेको खण्डमा बिद्यालयमा जतिबेला पनि सुधार ल्याउन सकिन बताए ।
प्रधानाध्यापकले आफै लापरवाही गरे त्यही कुराको अनुसरण शिक्षक र अन्य कर्मचारीले गर्ने गरेको देखिएको ले प्रअमा सुधार आए बिदालयको अवस्थामा स्वतः सुधार ल्याउन सकिनेमा दुई मत नभएको उनको भनाई रहेको थियो ।
शिक्षा,युवा तथा खेलकुद शाखा नरैनापुरले केही समय देखि शिक्षामा सुधार ल्याउनका लागि पालिकामा रहेका बिद्यालयका प्रधानाध्यापक र कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि निरन्तर प्रयास गर्दै आएको छ । केही समय अघि मात्र शिक्षा,युवा तथा खेलकुद शाखाको प्रमुखको जिम्मेवारी सम्हालको लक्ष्मीकान्त मिश्राले शैक्षिक सुधारको लागि नया नया योजना, शैक्षिक क्रियाकलाप तथा बिद्यार्थीहरुलाई बिद्यालयतर्फ अग्रसर गराउन लागिपरेको बताउँछन ।
बिद्यालय क्षेत्रमा देखिएको समस्या समाधानका लागि गाउँपालिका स्तरमै बिद्यालयहरुको अनुगमन बढाईएको, पठनपाठनमा कडाई गरिएको, प्रधानाध्यापक ,शिक्षक, ब्यवस्थापन समितिका प्रतिनिधिहरु सँग गाउँपालिका तथा शिक्षा साखाको समन्वयमा नियमित बैठकलाई निरन्तरता दिईएको क्षमता अभिबृद्धि तथा नेतृत्व बिकासमा जोड दिएको शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख मिश्रको भनाई रहेको छ ।
समय समयमा गाउँपालिका र शिक्षा साखाले गर्ने गरेका अनुगमनका क्रममा बिद्यालयमा शिक्षकहरु अनुपश्थिति रहने गरेको ,बिदयालय समयमा नपुग्ने, पुगे पनि बिदा हुनु भन्दा पहिले निश्किने, अध्ययन अध्यापनमा लापरवाही हुने गरेको,बिद्ययालय जाने बिद्यार्थीहरको सँख्या घटदै गएको अवस्था देखिएपछि शिक्षकहरु लाई नियमित उपश्थिति र प्रभावकारी शिक्षणका लागि क्षमता अभिबृद्धि तालीम देखि लिएर बैठक गोष्ठी तथा अनुगमन गाउँपालिका निरन्तरता दिएको जनाएको छ ।

Next Post

दैलेखमा गाडी दुर्घटना, तीनको मृत्यु

१२ मंसिर २०७६, बिहीबार १७:३९
सदरलाइनडटकम, दैलेख : दैलेखको मुङ्ग्राहामा गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । गुराँस गाउँपािलका–४ मुङ्ग्राहामा भे १ ज १०२९ नम्बरको गाडी दुर्घटना भएको हो । सुर्खेतबाट दैलेखका लागि छुटेको गाडी शुक्रवार मध्यान्ह दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दुर्घटनामा अन्य […]