भारतीय हस्तक्षेपविरुद्ध विद्यार्थीहरु सडकमा

१२ मंसिर २०७६, बिहीबार १५:५२
 

सदरलाइनडटकम,
दाङ : भारतले नेपाली भूमी मिचेको बिरोधमा घोराहीका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । दार्चुलाको लिपुलेक, कालापानी, लिम्पियाधुरा लगाएतका क्षेत्र नेपाली भूमी भएको भन्दै तत्काल फिर्ता गर्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
घोराहीमा रहेका आधा दर्जन विद्यालयका विद्यार्थीहरुले प्रर्दशन गर्दै भारतीय हस्तक्षेपबिरुद्ध सबैलाई एक जुट हुन आह्वानसमेत गरेका छन् । विद्यार्थीहरुले भारतीय हस्तक्षेप बन्द गर, नेपाली भूमी फिर्ता गर, लिपुलेक हाम्रै हो भन्ने नारा लगाउँदै बजार परिक्रमा गरेका हुन् । माध्मिक विद्यालय रझेना, गोरखा मावि, पद्मोदय नमूना माबि, दाङ भ्याली कलेज र बाल विकास माविका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
नेपाली झण्डा र विद्यार्थी संगठनहरुका झण्डा लिएर सडकमा उत्रिएका बिद्यार्थीहरुले नेपाली भूमी फिर्ता ल्याउन सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । करीब ५ सय बढी विद्यार्थीहरुले घोराही बजारसहित जिल्ला प्रशासन कार्यालय र काठेकोहल क्षेत्रमा प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् ।
यसैविच नेत्रबिक्रम चन्द विप्लव समुहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दाङ जिल्ला अध्यक्ष अनिल केसीलाई प्रहरीले पक्राउ गरेको छ । भारतिय हस्तक्षेपविरुद्धको प्रदर्शनमा सहभागी केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सरकारले विप्लव समुहलाई प्रतिबन्ध लगाएपछि सो समुहमा आस्था राख्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिँदै आएको छ ।

Next Post

अर्घाखाँची दुर्घटनामा मृतकप्रति मुख्यमन्त्रीको श्रद्धाञ्जली

१२ मंसिर २०७६, बिहीबार १५:५२
सदरलाइनडटकम, बुटवल : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधवार दिउँसो बस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंखर पोखरेलले श्रद्धाञ्जली व्यक्त गरेका छन् । बिहीवार शोक विज्ञप्ति जारि गर्दै उनले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ […]