शुक्रवारदेखि ग्रासरुट फुटबल हुँदै

१२ मंसिर २०७६, बिहीबार १५:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : स्थानीयस्तरमा फुटबलको विकास गर्ने लक्ष्य सहित बाँकेमा शुक्रवारदेखि ग्रासरुट फुटबल प्रतियोगिता २०७६ को शुरुआत हुँदैछ । बाँके जिल्ला फुटबल संघले आयोजना गर्न लागेको ग्रासरुट फुटबल प्रतियोगितामा बाँकेका ९ वटा विद्यालयको सहभागिता रहनेछ । प्रतियोगितामा १० देखि १३ वर्ष उमेर समुहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन । एउटा विद्यालयको टिममा सात खेलाडी रहने छन् ।
बिहीवार मिडिया सेन्टर नेपालमा भएको पत्रकार सम्मेलनमा आयोजक बाँके जिल्ला फुटबल संघ अध्यक्ष भोजराज शाहीले भविष्यका लागि प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर ग्रासरुट फुटबल प्रतियोगिता गर्न लागिएको बताए । बाँके जिल्ला फुटबलले यसलाई भविष्यमा राम्रा खेलाडी उत्पादन गर्ने लक्ष्य बोकेको छ ।
ग्रासरुट प्रतियोगितामा दीपज्योति सेकेन्डरी स्कुल चिसापानी, जनज्योति पब्लिक हाइस्कुल कोहलपुर, नेपालगञ्ज मोडेल एकेडेमी, ग्रिनपीस सेकेन्डरी स्कुल कोहलपुर, जुनियर आइस्टाइन एकेडेमी नेपालगन्ज, होप इन्टरनेसनल एकेडेमी नेपालगन्ज, स्टार फयुचर स्कुल नेपालगञ्ज, एबिसी रेसिडेण्टल स्कुलले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा ८ वटा विद्यालयका ३ सय ८ जना बालबालिका सहभागि हुने आयोजक बाँके जिल्ला फुटबल संघले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । नेपालगञ्ज रंगशालामा हुने प्रतियोगितामा १० वर्ष देखि १३ वर्ष उमेर समुह र ८ वर्ष देखी १० वर्ष उमेर समुहका खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगिता आयोजनाका लागि सम्पूर्ण तयारी पुरा भएको बिहीवार पत्रकार सम्मेलनमा बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले बताए ।
ग्रास रुट कार्यक्रमले फुटबलको संस्कृति र स्तर बढाउन सहयोग गर्ने एन्फा बाँके उपाध्यक्ष नागिन श्रेष्ठले बताइन् । ग्रास रुट कार्यक्रममले फुटबलको विकासमा सहयोग गर्ने फुटबल प्रशिक्षक सानु तामाङले जानकारी दिए । पत्रकार सम्मेलनमा एन्फाका पुर्व उपाध्यक्ष गोवद्र्धन सिह सम्झना, एन्फा बाँके सचिव गोविन्द प्रसाद श्रेष्ठ, फुटबल प्रशिक्षक युवराज शाही, जनक केसी, प्रदेश नम्बर ५ ग्रासरुट म्यानेजर रामजीत चौधरीको सहभागिता रहेको थियो ।

Next Post

भारतीय हस्तक्षेपविरुद्ध विद्यार्थीहरु सडकमा

१२ मंसिर २०७६, बिहीबार १५:३९
सदरलाइनडटकम, दाङ : भारतले नेपाली भूमी मिचेको बिरोधमा घोराहीका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । दार्चुलाको लिपुलेक, कालापानी, लिम्पियाधुरा लगाएतका क्षेत्र नेपाली भूमी भएको भन्दै तत्काल फिर्ता गर्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । घोराहीमा रहेका आधा दर्जन विद्यालयका विद्यार्थीहरुले प्रर्दशन गर्दै भारतीय हस्तक्षेपबिरुद्ध सबैलाई एक जुट हुन आह्वानसमेत गरेका […]

सम्बन्धित