राजनीतिक बिद्रोहले बिलयको स्थिति : मुख्यमन्त्री

११ मंसिर २०७६, बुधबार १७:४२
 

सदरलाइनडटकम,
दाङ : नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवम् मुख्यमन्त्री शंकर पोख्रेलले राजनीति बिद्रोहले विलयको स्थितिआउने बताएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १६ को चुनावी सभालाई सम्बोधन गर्दै पोख्रेलले पार्टी अनुशासन विपरीत जाने जो कोहीको राजनीति बिलयको अवस्थामा पुग्ने बताएका हुन् ।
पार्टीले कपासीबगियामा बुधवार आयोजना गरेको कार्यक्रममा पोख्रेलले वागी उम्मेदवार प्रति लक्षित गर्दै अझै सच्चिने समय रहेको बताए । कुनै पनि हालतमा नेकपाको उम्मेदवार बिजय हुने दावी गर्दै मतदातालाई उच्चतम विवेकको प्रयोग गर्न सुझाव दिए । विकास र नेकपा पर्यायवाची जस्तै भएको दावी गर्दै नेता पोख्रेलले घोराही उपमहानगरपालिका देशकै नमुना स्थानीय सरकार बनेको बताए ।
बजारमा देखिने कालोपत्रे गाउँ पुगेको भन्दै यसले नागरिकको दैनिकीलाइ जीवनशैलीमा बदल्ने दावी गरे । घोराही १६ मा कृतिम जलासय, तीन ओटा ठूला योजनाका सडक, प्रदेश स्तरको खेलकुद मैदान, फोहरबाट ग्यास र मल उत्पादनको नमुना कार्यक्रम सञ्चालन भएको उल्लेख गरे । नेकपाले गरेको कामलाई जनताले मुल्यांकन गरिसकेको तर प्रतिपक्षले केही नभएको भनेर कुप्रचार गरेको प्रती आपत्ति जनाए ।
लामो समयसम्म सरकार सञ्चालन गरेको कांग्रेसले जिल्लामा दुई ओटा मात्रै पुल बनाएको तर, नेकपाको सरकारले दर्जन बढी पक्की पुल तथा कालोपत्रे सडक निर्माणमामा छलाङ मारेको बताए । कार्यक्रममा नेकपाका सचेतक शान्ता चौधरी, पूर्व मन्त्री रेखा शर्मा, प्रदेश सभा सदस्य अम्बरबहादुर डाँगी, कार्यवाहक वडा अध्यक्ष जगत श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको सहजिकरण देउमन दमाईले गरेका थिए ।

Next Post

अर्घाखाँचीमा बस दुर्घटना, ८ को मृत्यु, ११ घाइते

११ मंसिर २०७६, बुधबार १७:४२
सदरलाइनडटकम, बुटवल : अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छ । सन्धीखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस नरपानिमा दुर्घटना भएको हो । दुर्घटनामा परि अहिलेसम्म ८ जनाको मृत्यु र ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए । उनका अनुसार […]