प्रधानमन्त्री ओली भेन्टिलेटरमा, स्वास्थ्य अवस्था स्थिर

१० मंसिर २०७६, मंगलवार १६:५२
 

सदरलाइनडटकम,
काठमाण्डौ : एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई इलेक्टिभ भेन्टिलेटर (कृत्रिम स्वासप्रश्वास) मा राखिएको छ । सोमवार रातिदेखि पेट दुखेपछि मंगलवार बिहानै मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । ओलीको मंगबार मध्याहन्न एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो ।
प्राध्यापक डा. पलेशवान जोशी लाखेको नेतृत्वको टोलीले एपेन्डिसाइटिसको शल्यक्रिया गर्ने क्रममा पेटमा जमेको करिब आधा लिटर पिप हटाएपछि प्रधानमन्त्री ओलीलाई छिटै स्वस्थ हुने आशा चिकित्सकले र उनलाई सहज बनाउन भेन्टिलेटर राखेको अस्पताल स्रोतले बताएको छ ।
ओलीको मुटुको चाल र अवस्थाको विशेष निगरानी गरिएको डाक्टरले बताए । तर अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे जारी गरेको जानकारीमा ओलीलाई इलेक्टिभ भेन्टिलेटरमा राखिएको उल्लेख गरिएको छैन ।
ओलीलाई निरन्तर निगरानीमा भने राखिएको र आवश्यक सम्पूर्ण व्यवस्था पनि रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिइएको छ । उपचारमा संलग्न डा. अरुण सायमीले भने प्रधानमन्त्री ओलीलाई आइसियु (सघन उपचार कक्ष) मा राखिएको बताएका छन् ।
अरु समस्या पनि भएकाले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पूर्ण सुधार आउन कति दिन लाग्छ भन्न अहिले नै सकिने अवस्था नरहेको उनले बताएका छन् । सामान्य अवस्थामा भने एपेन्डिसाइटिस भएका बिरामी शल्यक्रियापछि तीन दिन जतिमा डिस्चार्ज हुने गरेका छन् ।


Next Post

महिला माथि दुब्र्यहारको प्रयास गर्ने तीन पक्राउ

१० मंसिर २०७६, मंगलवार १६:५२
सदरलाइनडटकम, नेपालगञ्ज  :  लैंङिक हिंसा विरुद्धको अभियान कै बेलामा बाँकेमा सरकारी सवारी साधनको दुरुपयोग गरी महिलामाथि दुव्र्यहारको प्रयास भएको छ । बाँके प्रहरीका अनुसार मंगलबार राती करिव पौने १० बजे राँझा नजिकै भे १ ब १६१९ नंम्बरको सरकारी मोटरसाईकलमा सवार खर्पुनाथ– ५ का दिपक शाही, लोकजंग भण्डारी र बिर्ख सुनारले […]

सम्बन्धित