समाजवादीका केन्द्रीय नेता नेकपामा प्रवेश

१० मंसिर २०७६, मंगलवार १६:३४
 


सदरलाइनडटकम,
दाङ : समाजवादी पार्टीका केन्द्रीय सदस्य धिरज सेपाईली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । मंगलवार बबई गाउँपालिकाको हापुरेमा भएको चुनाबी सभामा श्रीपाईली नेकपामा प्रवेश गरेका हुन् ।
उनलाई नेकपाका स्थायी कमिटि सदस्य तथा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्वागत गरेका हुन् । उनी २०७० सालको संबिधानसभाको निर्वाचनमा तत्कालीन माओवादीबाट दाङ क्षेत्र नम्बर ५ का उम्मेदवार बनेका थिए । दाङका पुराना स्थापित माओवादी नेता श्रीपाईली डा. बाबुराम भट्टराईले पार्टी छोडेसंगै नयाँ शक्तिमा गएका थिए ।
उनले २०७० सालको चुनावमा झण्डै दश हजार मत प्राप्त गरेका थिए । नयाँ शक्ति र फोरमबीच भएकता भएर बनेको समाजवादी पार्टीको उनी केन्द्रीय परिषद् सदस्य रहेका थिए । उनले मुलुकको समृद्धि र विकास कम्युनिष्ट पार्टीबाट मात्रै सम्भव भएको भन्दै नेकपामा प्रवेश गरेका हुन् ।

Next Post

झोले चिकित्सकले उपचार गर्दा दुईको मृत्यु

१० मंसिर २०७६, मंगलवार १६:३४
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा ‘झोले चिकित्सक’ले उपचार गर्ने क्रममा दुई जनाको मृत्यु भएपछि नरैनापुर क्षेत्रमा रहेका अवैध क्लिनिक बन्द गर्न निर्देशन दिइएको छ । सोमवार उपचारका क्रममा नरैनापुर–५ मटेहियाका ३० वर्षीय गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका–७ गेदवाका २८ वर्षीय मालिकराम धोबीको मृत्यु भएपछि अवैधरुपमा सञ्चालनमा रहेका क्लिनिक […]

सम्बन्धित